विराटनगर । प्रदेश एकको नाम ‘कोशी’ राख्ने प्रस्ताव प्रदेश सभामा दर्ता भएको छ। प्रदेश सभाको ठूलो दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रबीच ‘कोशी’ नाममा सहमति भएपछि प्रदेश नामाकरणको प्रस्ताव प्रदेश सभामा दर्ता भएको हो ।
नेकपा एमालेका नेता तथा प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशको नाम आजै टुंग्याउने गरी सहमति भएको जानकारी दिए। प्रस्तावमा एमालेका प्रदेश सांसद रामबहादुर मगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी र एमालेका निरन राई समर्थक रहेका छन् ।
प्रदेशको नाम प्रदेश सभामा कायम सदस्य संख्याको दुई तिहाई मतबाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ। दुई तिहाइका लागि ६३ जना सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा नेकपा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।

प्रतिक्रिया