सरकारमा जान मेरो दाबी छैन : उपसभापति खड्का


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आफू सरकारमा जाने कुरामा आफ्नो दाबी नरहेको बताएका छन् ।

कांग्रेसबाट सरकारमा जाने चर्चा चलिरहेका बेला उपसभापति खड्काले सामाजिक संजालमार्फत सरकारमा आफ्नो कुनै दाबी नरहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘पुस १० गते भत्काइएको गठबन्धनलाई पुनः स्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएको छ। अब मेरो दाबी कुनै कुरामा छैन ।’