पुस १० मै सहमति भएको हो, राष्ट्रपतिमा हाम्रो मनोनयन दर्ता हुन्छः अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उमेदवार शनिबार टुंगो लगाउने बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकबाट बाहिरने क्रममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले भोलि मनोनयन हुने बताएका हुन् ।

उनले भने,’भोलि एमाले उम्मेदवारको मनोनयन दर्ता हुन्छ । अरू घटनाक्रम थाहा छैन।’

उनले पुस १० गते नै उम्मेदवारी दिने निर्णय भएको समेत बताए । राष्ट्रपतिको उम्मेदवारी मनोनयन शनिबार हुँदैछ ।