अमरेश सिंहको प्रश्नः सर्वोच्चले प्रधानन्यायाधीश नपाउने देशमा जनताले कसरी न्याय पाउँछन् ?



काठमाडौं । सांसद अमरेशकुमार सिंहले लोकतन्त्रमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशले नै अन्याय खेप्नुपरेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको शून्य समयअघि सांसद सिंहले लामो समयसम्म सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति नहुन बिडम्वना भएको बताए ।

उनले भने, ‘हामी कस्तो लोकतन्त्रको कल्पना गरिरहेका छौं। लामो समयसम्म प्रधानन्यायाधीश नियुक्ति हुँदैन अनि अन्तिममा प्रधानन्यायाधीश सरहको सुविधा दिने निर्णय गरिन्छ ।सरकार र दल सार्वभौम भएर लोकतन्त्र जोगिन्छ। प्रधानन्यायाधीशले न्याय पाएको छैन। विगतमा पनि न्यायपालिकालाई तर्साएर आफ्नो गल्ती रोक्न खोजिएको थियो। अहिले पनि त्यस्तै प्रयास भइरहेको छ।’

उनले सर्वोच्च अदालतको प्रधानन्यायाधीशलाई कामु रुपमै नराखी तत्काल नियुक्ति प्रक्रिया अघि बढाउन माग गरे । उनले नक्कली नागरिकता प्रमाणपत्र पेस गरेको खुलासा भएपछि डीआइजी अशोक सिंहले राजीनामा दिएकाले उनीमाथि छानविनको पनि माग गरे ।

सरकारले ती प्रहरीलाई आइजीपी बनाउन खोजेको थियो तर नक्कली प्रमाणपत्र भएको सार्वजनिक भएपछि बच्नका लागि राजीनामा दिएकाले उनीमाथि छानविन हुनुपर्ने उनले माग गरे । उनले नक्कली प्रमाणपत्रका दोषीलाई राजीनामा दिएर उन्मुक्ति नदिई अख्तियारले छानविन गर्नुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेनालाई प्रधानमन्त्रीको आग्रहः फाष्टट्रयाक आयोजनाको सुरु बिन्दु खोकनाको जग्गा अधिग्रहणको प्रस्ताव ल्याउनु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग

रवि लामिछाने चितवन प्रहरीको हिरासतमा

चितवन । चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दामा थुनछेक

प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । प्रहरी प्रभाग साँखुमा कार्यरत एक महिला प्रहरी मृत फेला परेकी छन्

सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणका क्रममा खसेर दुई कामदार बेपत्ता

कर्णाली । सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार खसेर बेपत्ता