चार दलको छलफल सकारात्मक छः महामन्त्री थापा



काठमाडौं । राष्ट्रपतिको उम्मेदवारका विषयमा छलफल गर्न बसेको चार दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।

राष्ट्रपतिको विषयमा फेरि बेलुकी पाँच बजे बस्ने गरी बैठक टुंगिएको हो । कांग्रेस महामन्त्री गगन थापाले बैठक राष्ट्रपतिमै केन्द्रित भएको र आज बेलुकी पाँच बजे बस्ने बैठकले टुंग्याउने बताए ।

बैठकमा चार दलले राष्ट्रपतिमा आ–आफ्नो प्रस्ताव राखेका थिए । पार्टीभित्र छलफल गरेर बेलुकी ५ बजे टुंग्याउने गरी अहिले नेताहरू उठेका थापाले जानकारी दिए ।

उनले भने, ‘विभिन्न विकल्पबारेमा प्रस्ताव आएको छ । छलफल सकारात्मक छ । आआफ्नो दलमा छलफल गरेर पाँच बजे बसेर एकैठाउँमा उभिएर ठोस निर्णय गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुप्रिम सहकारी ठगीमा रविसहित ४२ जनाविरुद्ध मुद्दा दर्ता

बुटवल । सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको

सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु होः गृहमन्त्री लेखक

  कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि

सन्तुलित भोजनबाट नै सबैखाले भिटामिनहरु पाउन सकिन्छ, झोल र टनिकबाट होइन

डा. अरुणा उप्रेती । ‘डाक्टर साहेव, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी