वर्तमान सत्ता गठबन्धन संविधानविपरीतको भएकाले धेरै टिक्दैनः भीम रावल


सुर्खेत । नेकपा एमालेका नेता डा. भीम रावलले एमाले–माओवादीसहितको सत्ता गठबन्धन टुट्ने बताएका छन् । शुक्रबार बिहान सुर्खेतमा पत्रकार भेटघाटमा रावलले वर्तमान सत्ता गठबन्धन संविधानविपरीतको भएकाले यो धेरै दिन नटिक्ने बताएका हुन् ।

उनले भने,‘नेपाली जनताको चाहनाविपरीत भएको गठबन्धनको नतिजा हाल देखिन सुरु भयो । यो गठबन्धन टिक्दैन।’ उनले अहिलेको राष्ट्रपति निर्वाचनको विवाद देखेर जनता चकित परेका बताए ।