प्रधानमन्त्रीले राष्ट्रपति उम्मेदवारकाबारेमा आज एमाले र कांग्रेससँग निर्णायक वार्ता गर्ने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग राष्ट्रपति निर्वाचनबारे निर्णायक छलफल गर्ने भएका छन् ।

बिहीबार जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरूसँग सिंहदरबारमा छलफल गरेर निस्कने क्रममा प्रधानमन्त्रीले दुई नेतासँग आज छलफल गर्ने बताएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच वार्ताको समय भने निश्चित भएको छैन । राष्ट्रपतिको लागि शनिबार उम्मेदवार मनोनयन गर्ने कार्यतालिका छ। अहिलेसम्म कांग्रेस, एमाले आ–आफ्नै अडानमा छन् ।

बिहीबार प्रधानमन्त्रीले एकीकृत समाजवादी र जसपाका नेताहरुसँग छुट्टाछुट्टै सामूहिक छलफल गरेका थिए । त्यस्तै बुधबार कांग्रेस नेताहरुले पनि प्रधानमन्त्रीसँग छलफल गरेका थिए । प्रधानमन्त्रीले राष्ट्रिय सहमतिका नाममा आफ्नो पार्टीलाई राष्ट्रपति नदिने नियतले अन्य दलसँग छलफल अघि बढाएपछि एमाले भने प्रधानमन्त्रीसँग चिढिएको छ ।

निर्वाचन आयोगले शनिबार राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचनको तालिका तय गरेको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका शीर्ष नेताहरूले भेटघाटलाई भने तीव्र बनाएका छन् ।

राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलहरूले आआफ्नो पार्टीको दाबी रहेको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुप्रिम सहकारी ठगीमा रविसहित ४२ जनाविरुद्ध मुद्दा दर्ता

बुटवल । सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको

सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु होः गृहमन्त्री लेखक

  कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि

सन्तुलित भोजनबाट नै सबैखाले भिटामिनहरु पाउन सकिन्छ, झोल र टनिकबाट होइन

डा. अरुणा उप्रेती । ‘डाक्टर साहेव, मलाई कमजोरी भइरहेछ, कुनै भिटामिन वा टनिक

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी