काठमाडौ । राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न तीन दलको बैठक बस्ने भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी आज साँझ बैठक बस्ने भएको हो ।
राष्ट्रपतिको उम्मेदवारको विषयमा निर्णय गर्न दलका नेताहरुले भेटघाटलाई तीव्र बनाएका छन् । आजै दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा आधा घन्टाभन्दा लामो छलफल भएको थियो ।
सोही भेटवार्तामा साँझ जनता समाजवादीलाई पनि राखेर छलफल गर्ने सहमति भएको हो । सिंहदरबार भेटवार्तापछि पत्रकारहरुसँगको कुराकानीमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले साँझ पुनः छलफल गर्ने सहमति भएको जानकारी दिएका छन् ।
त्यस्तै पाँच दलीय पुरानो गठबन्धनबीच आज साँझ ६ बजे छलफल राखिएको छ । त्यसअघि ५ बजे माओवादी, एकीकृत समाजवादी र जसपाले छुट्टै छलफल गर्न लागेका हुन् ।

प्रतिक्रिया