राष्ट्रपति चुनावअघि भारतीय विदेश सचिव आएर राष्ट्रपतिदेखि प्रमुख दलका नेताहरुसँग भेट गर्नु गलतः सांसद पन्त



काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय विदेशी सचिव विनयमोहन क्वात्राको पछिल्लो नेपाल भ्रमणमा भएका गतिविधिप्रति आक्रोश व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद पन्तले परराष्ट्र मन्त्रालयलाई विदेशीका नेपालमा हुने भेटहरू नियमन गर्न पनि माग गरेका छन् ।

पन्तले राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा भारतीय सचिवको नेपाल भ्रमण र भारतीय बुद्धिजीवी एसडी मुनीले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेका हुन् ।राष्ट्रपति चुनावअघि भारतीय विदेश सचिव आएर राष्ट्रपतिदेखि प्रमुख दलका नेताहरुसँग भेट गर्नु गलत भएको बताए ।

उनले भने,’हामीले हाम्रो राष्ट्रपति को हुने भन्ने कुरा भारतको एउटा जेएनयूको पूर्वप्रोफेसरले हाम्रा पूर्वराजदूतको नाम, हाम्रा पूर्वसभामुखको नाम, हाम्रा पूर्वअर्थमन्त्री, मानवअधिकारवादीलगायत तीन चार जनाको नाम यिनीहरू नेपालको राष्ट्रपति हुनको लागि उपयुक्त हुन्छ भनेर लेख्छन् । आजसम्म स्वतन्त्र रहेको, कहिले पनि पराधीन नरहेको देश हो । यो देशको राष्ट्रपतिका नाम विदेशीको ट्वीटमा हेर्नुपर्छ । त्यो देशको विदेश सचिव आएपछि हाम्रा अखबारको कटिङ हेरौं लाजमर्दो छ ।’

उनले परराष्ट्र मन्त्रालयले विदेशी पदाधिकारीका भेटहरूलाई कसरी गर्ने भन्ने विषयमा निश्चित प्रक्रिया बनाउनुपर्ने बताए ।

केही दिनअघि भारतीय वुद्धिजीवी एसडी मुनीले ट्वीटरमा नेपालमा राष्ट्रपतिका लागि योग्य भनेर डा. देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम लेखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूकम्प प्रतिरोधी संरचना निर्माण आवश्यक: मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिएका छन् ।

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न मिसन प्रमुखहरुलाई परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले विश्वमा रहेका सबै नेपाली मिसनका प्रमुखहरुलाई राष्ट्रिय

सदन छलेर अध्यादेश ल्याउनु उचित होइनः प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले प्राप्त गरेको

निजामती कर्मचारीलाई ५८ वर्षमा अवकास नदिन सुझाव

  काठमाडौँ । जानकारहरुले नेपालको बदलिँदो जनसाङ्ख्यिक संरचना र स्वरुपअनुसार निजामती सेवालाई समयसापेक्ष