केपी ओली र माधव नेपालको भेटले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई कुनै असर गर्दैनः शेखर कोइराला



सिन्धुली । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति पदमा कांग्रेसले उम्मेदवारी दिने र त्यो उम्मेदवारले जित्ने दाबी गरेका छन् । प्रेस युनियन सिन्धुलीले मङ्गलबार बिहान सिन्धुलीमा गरेको पत्रकार भेटघाटमा कोइरालाले राष्ट्रपति पद कांग्रेसले लिने र जित्ने ठोकुवा गरे ।

राष्ट्रपति चयनको विषयले यस पटक धेरै चासो र चर्चा पाएको भन्दै पछिल्लो पटक राष्ट्रपति को बन्ने र बनाउने सवालमा केपी ओली र माधव नेपालको भेटले कांग्रेसलाई कुनै असर नपर्ने बताए ।

उनले भने, ‘ओली र नेपाल हिजो एकै दलका नेता हुन्, फेरि पनि उहाँहरू एक ठाउँमा रहने सम्भावना छ तर उहाँहरू एक भइरहँदा पनि कांग्रेसलाई कुनै असर पर्दैन । देशको पहिलो दल भएको हैसियतले कांग्रेसको उम्मेदवारले राष्ट्रपति पदमा जित्छ ।’

पाँच दलीय गठबन्धन टिकाउन नसक्नुमा काङ्ग्रेसबाट कमजोरी भएको र अब कमीकमजोरी दोहोरिन नदिने बताए । उनले दल बाहिरको व्यक्ति राष्ट्रपति पदको उम्मेदवार भए राष्ट्रिय सहमति निकाल्न सकिने बताए ।

पार्टी सङ्गठन कमजोर रहेको बताउँदै उनले अबका दिनमा सबैले आफ्नो जिम्मेवारी अनुसार सङ्गठनलाई बलियो बनाउन लाग्नु पर्नेमा जोड दिए । गाउँ र जिल्ला तहमा भएको गुटगत राजनीतिले काँग्रेस कमजोर भएको भन्दै कोही एमालेसँग नजिक हुने, कोही माओवादीसँग निकट हुने तर तर आफ्नै साथीसँग पानी बाराबारको अवस्था रहेकाले त्यसो हुन नदिन उनले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूकम्प प्रतिरोधी संरचना निर्माण आवश्यक: मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले भूकम्प प्रतिरोधी संरचना निर्माणमा जोड दिएका छन् ।

आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न मिसन प्रमुखहरुलाई परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले विश्वमा रहेका सबै नेपाली मिसनका प्रमुखहरुलाई राष्ट्रिय

सदन छलेर अध्यादेश ल्याउनु उचित होइनः प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले प्राप्त गरेको

निजामती कर्मचारीलाई ५८ वर्षमा अवकास नदिन सुझाव

  काठमाडौँ । जानकारहरुले नेपालको बदलिँदो जनसाङ्ख्यिक संरचना र स्वरुपअनुसार निजामती सेवालाई समयसापेक्ष