एसडी मुनीको नजरमा यी हुन् राष्ट्रपतिका चार योग्य उम्मेदवार


काठमाडौं । भारतीय बुद्धिजीवी एसडी मुनीले नेपालमा राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने माग जायज भएको भन्दै चार जना उम्मेदवार प्रस्तुत गरेका छन् ।

राष्ट्रपति उम्मेदवारलाई लिएर नेपालमा दलहरुबीच रस्साकस्सी चलिरहेका बेला सोमबार सामाजिक संजालमार्फत मुनीले राष्ट्रपतिका लागि चार जना उम्मेदवारको नाम उल्लेख गरेका हुन् । उनले राष्ट्रपतिका लागि नागरिक अगुवा देवेन्द्रराज पाण्डे, प्रा. लोकराज बराल, पूर्वसभामुख दमननाथ ढुंगाना र अनुराधा कोइराला योग्य भएको उल्लेख गरेका हुन् ।

फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । तर सत्तारुढ दलहरुबीच नै राष्ट्रपतिको उम्मेदवारका विषयमा विभिन्न मत बाहिर आएका छन् ।