१९ भाइ र हजुरआमा..
डा. गोविन्दशरण उपाध्याय ।
युरोपेली र युरोपेली युनियनसंग नेपालको खासै व्यापारिक सम्बन्ध छैन ।युरोप जान चाहनेहरूले भिजा राजदुतावासबाट होइन मलेशिया वा दिल्लीबाट प्राप्त गर्नुपर्छ । अनि, काठमाडौँमा १९ युरोपेली देशले राजदूत राखेका छन् ! योरोपेली राजदूतहरूको यो बाक्लो उपस्थिति निकै आश्चर्यजनक छ ।एउटा गोरो राजदूतले त ‘धर्मपरिवर्तन गराउन पाउनु पर्छ’ भनेर भाषण नै ठोकेको थियो । अर्कोले, युरोपेली पार्लियामेन्टमा धर्मपरिवर्तनको लागि मांग नै राखेको थियो । नर्वेले शान्तिको कुरा गर्छ तर त्यो बाइबलबाट आउँछ भन्ने उसको मत सबैले सुनेकै हो – नेपाल सरकारलेबाहेक ।
बाइबल त एउटा हतियार हो । युरोपेलीहरूले सन् २९४९ म अमेरिकनहरूले कोरियामा पहिलो चर्च स्थापित गरे तेस वखत तेहा ९६% बौद्ध थिए र अन्य प्रकृतिका अनुयायी थिए । आज ९६% जनसंख्या इसाई छ र सबैभन्दा रमाइलो कुरा कोरियामा जुनसुकै सरकार आए पनि अमेरिका र युरोपेलीको भरपर्दो अर्थात् वफादार…हुन्छ । कोरियालीहरूलाई चर्चहरूले बाइबल सिकाए कि सिकाएनन् भन्न सकिन्न तर युरोपेली र अमेरिकनहरूको भक्ति गर्न सिकाएका छन् भन्ने तत्थ्य आज कसैबाट लुकेको छैन । युरोपियन राजदूतहरूको उपस्थिति जतिधेरै हुन्छ, त्यतिनै चर्च बढ्छन् । यी चर्चहरूले उत्पादन गरेका व्यक्तिहरू इसाई थोरै र अमेरिकन तथा युरोपेलीहरूका लागि प्रशिक्षण प्राप्त ….. बढी हुने छन् ।
२१ वर्ष जर्मनमा बसेका नेपाली मूलका विशप डा. डम्बर अधिकारीले आफ्नो नयाँ प्रकाशित किताव लुकेको सत्यतामा नेपालीहरू यहुदीहरूका सन्तान भएको, मंगोलियनहरू अर्को यहुदीहरूकै पनाति भएको र सम्पूर्ण दलितहरू जिसस क्राइस्टका खास व्यक्ति भएको सत्य प्रकट गरेको दावी त्यसै गरेका पक्कै होइनन् । साथै, उनले गोराहरूले बाइबल स्वीकार गरेर ‘विकसित’ भएको त्यसैले सबै नेपालीहरूले बाइबल स्वीकार गर्नुपर्छ भन्ने तर्क राखेका छन् । युरोपेली राजदूतहरूले यिनै विशपको सपना पूरा गर्ने प्रयत्न गरिरहेका छन् ।
अनि, जेवैले भन्नुभयो ‘बाबु ! यी गोराहरू ह्या बसेर, चिल्ला गाडी चढेर, नेपालका गामगाम ग’र नयाँनयाँ मन्दिर (चर्च) खोल्ने पैसा दिन्चन् । कुरियाका गुरुंग (कोरियाली) पनि गतिला हुन्नन् । अस्ति ह्या आ’र आमा, यो तुलसी मठले स्वर्ग गइन्न भन्थ्यो मोरो ! इनले दिएको खानु हुन्न, देशै पोलेको पाप लाग्च । वल्लोघरको कुरो पल्लो घरमा ला’र कल गराउँचन् । यी छुच्चाहरूको भर नपर्नु ! यिनले त हाम्रैहाम्रामा झैं झगडा लाउचन् अनि, मज्जाले हाइजाहजमा बसेर अम्रिकातिर जान्छन् !!’