‘कांग्रेसबाट राष्ट्रपति बनाउन एमाले सहजकर्ता बन्नुपर्छ’



काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले कांग्रेसलाई राष्ट्रपति दिनुपर्ने बताएका छन् ।

शनिबार सामाजिक संजालमार्फत सापकोटाले जनमतअनुसार स्थायित्वका लागि मुलुकको प्रमुख नेतृत्व साझेदारी सहमतीय हुनुपर्ने बताएका हुन् । उनले भनेका छन्, ‘जनमतअनुसार स्थायित्वका लागि मुलुकको प्रमुख नेतृत्व साझेदारी सहमतीय हुनुपर्छ । मुलुकलाई समृद्धि र आर्थिक उन्नतिमा लैजानका लागि र मुलुकलाई मध्यवधि चुनावको खर्चभारबाट जोगाउने हो भने नेपाली कांग्रेसलाई पनि सत्ता साझेदार बनाउनुपर्छ । अहिले कांग्रेसबाट राष्ट्रपति, माओवादीबाट प्रधानमन्त्री र एमालेबाट सभामुख । साढे दुई वर्षपछि एमालेबाट प्रधानमन्त्री, माओवादीबाट सभामुख हुँदा मात्रै सत्ता अस्थिरताबाट मुलुक बच्छ ।’

उनले यसको सहजकर्ता नेकपा एमाले बन्नुपर्ने बताएका छन् । सापकोटाले भनेका छन्, ‘हामीले हामी सबै पार्टीको नेतृत्व र प्रवृत्ति चिनेका बुझेका छौं । यसको सबैभन्दा ठूलो सहजकर्ता एमाले बन्नुपर्छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डप्रति नेपाली कांग्रेससहित सबै दलले देखाएको सहमतीय सद्भावप्रतिको उहाँको उत्तरदायित्व यसैगरी पुरा हुन्छ । मुलुकको विशिष्ट अवस्थामा प्रतिपक्षीय भूमिका नागरिक समाज, आमनागरिक र राज्यको चौथो अंग मिडियालाई छोडे केही बिग्रन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवनमा रविमाथि अभियोजन गर्ने सरकारी वकिलमाथि छानबिन सुरु

काठमाडौँ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अभियोजन गर्ने जिल्ला न्यायाधिवक्तालाई

टुटेको आशालाई विश्वासमा परिणत गर्न नवीन सोच राख्नुपर्छ

-डा. शोभाकर पराजुली मजबुत लोकतान्त्रिक संस्कृति निर्माण गर्नु भनेको एक जटिल र दीर्घकालीन

इजरायलस्थित नेपाली राजदूत पण्डित र इजरायली राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन रिहाइबारे छलफल

काठमाडौं । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग टेलिफोन गरी

भिजिट भिसाको आवेदन

नारायण गाउँले । मैले आमाको भिजिट भिसा आवेदन गर्दै थिएँ । त्यहाँ आयस्रोत