एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवारमा नै सहमति हुन्छः सचिव भट्टराई
कर्णाली । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनको साझा उम्मेदवार हुने बताएका छन् ।
प्रेस चौतारी नेपाल, कर्णाली प्रदेश समितिले शनिबार सुर्खेतमा गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले एमालेले प्रस्तावित गरेको उम्मेदवार नै सत्ता गठबन्धनभित्र रहेका दलहरूको साझा उम्मेदवार हुने बताएका हुन् ।
भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैँ एमालेलाई खोज्दै आएकाले अब दायाँबायाँ गर्ने ठाउँ नभएको बताए ।
उनले भने, ‘पाँच वर्षमा आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने उहाँको प्रस्ताव थियो। राष्ट्रपतिको कुरा पनि प्रचण्डले आफैँ दिनुभएको हो। पुस १० गतेको भौतिक अवस्था बदलिएको छैन।’