निकट विगतमा भोगेका समस्या फेरि नआउला भन्न सकिन्नः अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको बताएका छन् ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट शुक्रबार ‘मिसन ग्रासरुट’ को भर्चुअलरुपमा शुभारम्भ गर्दै अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरुले अहिले पनि एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको बताएका हुन् ।

उनले चक्रव्यूहलाई तोडेर अघि जानुपर्ने अहिलेको अवस्था रहेको बताए । अध्यक्ष ओलीले अस्वस्थ ढंगले चल्ने राजनीतिक दलहरुलाई पराजित गर्नेगरी तयारी गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष ओलीले निकट विगतमा आफ्नो पार्टीलाई एक्ल्याउने शक्ति र प्रवृत्तिहरु अहिले पनि रहेकाले त्यस्ता शक्तिहरुको षड्यन्त्रबारे जनतालाई बुझाउँदै लैजानुपर्ने जरुरी रहेको बताए ।

उनले भने, ‘निकट विगतमा हामीले जुन प्रकारका समस्या भोगेका छौं । त्यस्ता समस्या फेरि आगामी दिनमा भोग्नु नपर्ला भन्न सकिन्न । किनभने राजनीतिक शक्तिहरु तिनै छन् र, राजनीतिक शक्तिहरुको प्रवृत्ति पनि उही छ । उनीहरुको फेरि उस्तै किसिमको चक्रव्यूह हुँदैन भन्न सकिन्न । यस्तो स्थितिमा हामीले आफूलाई तयार राख्नु पर्दछ ।’

उनले आगामी ४ वर्ष पछिहुने निर्वाचनमा ५० प्रतिशत भन्दा बढी स्थानमा पार्टीलाई विजयी गराउने गरी पार्टीेले ‘मिसन ग्रासरुट’ अभियान संचालन गरेको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी तीन वर्षसम्म वर्तमान सरकार नै कायम रहन्छः सञ्चारमन्त्री गुरुङ

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा

पछिल्लो समय आपराधिक घटनामा वृद्धि, कुन प्रदेशमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो समय आपराधिक घटनामा वृद्धि भएको बताएको छ ।

हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने कुरा उच्च प्राथमिकतामा: उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा सरकारले

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालयः भ्रमण दशक कार्यान्वयनदेखि द्विपक्षीय हवाई सेवा सम्झौतासम्म

सिबी अधिकारी, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद