अनेरास्ववियुको अध्यक्षमा बडाल निर्वाचित



काठमडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधेनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । शुक्रबार बिहान सम्पन्न मतमणनाको परिणामअनुसार निकटम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले जानकारी दिए । बडालले नौ सय ६२ तथा लामिछानेले तीन सय ५६ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा गोविन्द गिरी (७६३ मत), नारायण घर्ती (७५१), मर्यादा विष्ट (६७५) र धर्म गिरी (५०१ मत) निर्वाचित भएका छन् । महासचिव नरेश रोकाया सात सय ३३ मत प्राप्त गरी विजय भएका छन् । यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भएका छन् ।

अधिकृत खकुरेलका अनुसार मतदान ४२ विद्युतीय मेसिनबाट गरिएको थियो । निर्वाचनबाट आगामी दुई वर्षका लागि १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) मा १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । महाविधेशनमा एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालेन भन्छन्-संसदमा उभिएर गालीगलौज र बार्गेनिङ गर्ने कोसिस त बर्षौंदेखि चलेकै छ, त्यो तिनलाई नै छोडिदिउँ, जनता काम गर्नेका पक्षमा सँधै छन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नीतिगत तहमा बसेर निर्णय गराउनेहरू खुलेआम

संसदमा कांग्रेसको नाराबाजी, बैठक अवरुद्ध

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको

एमाले बाँकेको अध्यक्षमा गुरुङ विजयी

नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी भएका छन्

अरुलाई मिथ्या आरोप लगाएर आफू उम्किने प्रयास नगर्न गृहमन्त्रीलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री अरुलाई आरोप लगाएर आफू उम्किन खोजेको