महाअभियोग प्रस्ताव नयाँ संसदमा अभिलेखको रुपमा रहने



काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले नयाँ नियमावलीमा सहमति जुटाएको छ । बिहीबार बसेको समितिको बैठकले प्रतिनिधि सभाको नियमावली टुंग्याएको हो । बैठकमा केही सदस्यहरुले नियमावलीमा फरक मत राख्ने भनेपनि सबै कुरामा सहमति भएको नेपाली काँग्रेसका प्रमुख सचेतक एवं नियमावली मस्यौदा समितिका सदस्य रमेश लेखकले बताए ।

उनले बैठकमा महाभियोग प्रस्ताव, फौजदारी अभियोग र स्वार्थ बाझिएको विषयमा निस्कर्ष निकालेको जानकारी दिए । उनले समितिले कुनैपनि प्रतिनिधि सभासदहरुलाई फौजदारी अभियोग लागेर अदालतले पूर्पक्षका लागि थुनामा पठाएको अवस्थामा अभियुक्त पूर्पपक्षका लागि थुनामा बसेको अवस्थामा वा फरार भएको अवस्थामा समेत सांसदबाट निलम्वन हुने व्यवस्थामा सहमति जुटेको बताए ।

उनले अदालतले फैसला गरेर कसैलाई कैदमा पठायो भने कैदमा राखिएको अवस्थामा पनि निलम्वन हुने, कैदमा बस्नुपर्ने तर कैदमा नबसेर फरार रहेको अवस्थामा पनि निलम्वन हुने प्रावधानमा सहमति जुटेको बताए ।

लेखकले महाअभियोगलाई अनिर्णयको अवस्थामा राख्नुहुँदैन भन्ने समितिको मूल भाव रहेको बताए । उनले राष्ट्रपति, उपराष्ट्रपति संवैधानिक निकायका पदाधिकारीका लागि प्रस्तुत हुने महाभियोग ५ महिनाभित्र टुंगो लगाइसक्ने बाध्यकारी व्यवस्था गर्ने निर्णय भएको बताए ।

उनले संसदको अवधि ५ महिना भन्दा कम रहेको अवस्थामा महाअभियोग आएपनि द्रुत गतिमा बाँकी रहेको समय भित्र नै महाभियोगको टुंगो लगाउने निर्णय गरेको बताए । यदि संसदको अवधि १५ दिन वा त्यसकै आसपास मात्रै बाँकी रहेको अवस्थामा भने अर्को निर्वाचनबाट गठित प्रतिनिधिसभाका लागि अभिलेखका रुपमा रहने र त्यस विषयमा निर्वाचित प्रतिनिधिसभाले आवश्यक निर्णय गर्नसक्ने व्यवस्था गरिएको छ ।

उनले महाअभियोग नयाँ संसदले अघि बढाउने चाहेको खण्डमा मात्रै अघि बढ्ने बताए । अरु संवैधानिक पदका सदस्यहरुको महाभियोग प्रतिनिधिसभाको दुई तिहाईबाट टुंगिने भएपनि राष्ट्रपति र उपराष्ट्रपतिको महाअभियोग भने प्रतिनिधि सभा र राष्ट्रियसभाबाट नै टुंगिनुपर्ने व्यवस्था नियमावलीमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विशेष परिस्थितिबाहेक अब हेलिकप्टर प्रयोगमा प्रतिबन्ध, सार्वजनिक खर्चलाई मितव्ययी बनाउन नयाँ मापदण्ड जारी

काठमाडौं । सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन नयाँ मापदण्ड जारी गरेको

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने रास्वपाका नेतासहित तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा

अध्यादेशका पक्षमा सत्तापक्ष एकभएर उभिने, कुनै बेमेल नभएको जिकिर

काठमाडौं। सरकारले संसद्मा प्रस्तुत छवटै अध्यादेश संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बिहीबार बस्ने

अध्यादेश अध्ययन कार्यदलले प्रतिवेदन बुझाएपछि मात्र निर्णय हुन्छः अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले अध्यादेशको बारेमा पार्टीको औपचारिक निर्णय भइनसकेको बताएको