‘भारतको सामान्य कर्मचारी आउँदा राष्ट्रप्रमुखदेखि पूर्वप्रधानमन्त्री र मन्त्रीहरु किन लम्पसार ?’



काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरुले यसपटक राष्ट्रपतिको चुनावमा प्रत्यक्ष रुपमा नै भूमिका खेलेको बताएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद केसीले विगतमा प्रत्यक्षरुपमा भूमिका खेलेपनि यसपटक शक्ति राष्ट्रले राष्ट्रपतिको चुनावमा प्रत्यक्ष भूमिका खेलेको बताएका हुन् ।

केसीले शक्ति राष्ट्रहरुले स्वार्थअनुकुल राष्ट्रपतिका लागि भूमिका खेलिरहेको बताए । उनले यसले नेपालको स्वाभिमान, नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको बताए ।

उनले भारतको सामान्य कर्मचारी आउँदा पूर्वप्रधानमन्त्रीहरुदेखि मन्त्रीहरु र राष्ट्रप्रमुख नै लम्पसार परेको आरोप लगाउँदै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको बताए।

उनले भने,‘छिमेकी राष्ट्र भारतबाट विदेश सचिव आए । उनी त एउटा कर्मचारी हुन् । उहाँले नेपालका राष्ट्र प्रमुख, सरकार प्रमुख, लगायत विभिन्न मानिसहरुको बीचमा उहाँले भेटघाटको अभियान चलाउनु भयो । नेपालका राष्ट्र प्रमुख, सरकारप्रमुख, विभिन्न तहका मानिसहरु आफूलाई असाध्यै जान्नेसुन्ने र देशको स्वाभिमान हुँ भन्दै मुन्टो हल्लाउँदै हिँड्ने, किन यसरी विदेशीहरुको अघि लम्पसार परिरहेका छन् ? राष्ट्रिय स्वाभिमानको बारेमा उहाँहरुलाई अलिकति लाज लाग्दैन । राष्ट्रपति कसलाई बनाउने भन्ने चर्चाको विषय छ । त्यस सम्बन्धमा शक्ति राष्ट्रहरुले राष्ट्रपतिको चुनावमा अप्रत्यक्ष रुपले हुने गर्दथ्यो, अहिले त प्रत्यक्ष रुपले नै आफ्नो देशको अनुकुल मान्छे राष्ट्रपति बनाउने खेल भइरहेको छ ।’

उनले नेपालमा गणतन्त्र माथिको खतरा गणतन्त्र पक्षधरहरुबाट भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छानबिन समिति नबनेसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अगाडि बढ्न नदिने

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म

गृहमन्त्रीलाई गगन थापाको सुझावः म प्रसूतिगृहमा जन्मिएको हो, त्यहाँबाट अनुसन्धान सुरु गरे पनि हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई फाइल खोलौँ भनेर

जीबी राईले गरेको सारा फोहोर मैले सोहोर्नुपर्छ भन्ने छैन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन

हामीसँग दरिलो मुटु छ, मिडिया ट्रायलको खेल चल्दैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै