राष्ट्रपति एमालेलाई दिए बर्बाद हुन्छः अध्यक्ष नेपाल



पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद नेकपा एमालेलाई दिन नहुने बताएका छन् । बुधबार समाजवादी प्रेस संगठनले पोखरामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका हुन् उनले शक्ति सन्तुलनका हिसाबले पनि एमालेलाई राष्ट्रपति दिन नहुने बताए ।

प्रतिनिधिसभाको सभामुख एमालेबाट, राष्ट्रियसभाको अध्यक्ष एमालेबाट भएकाले राष्ट्रपति अरू दलबाट हुनुपर्ने उनको भनाई थियो । उनले भने, ‘सभामुख एमालेको, राष्ट्रियसभा अध्यक्ष एमाले । राष्ट्रपति एमालेलाई दिए त बर्बाद हुन्छ ।’

अध्यक्ष नेपालले मेची नदी किनारबाट प्रतिगमनको यात्रा सुरु हुने संकेत मिलेकोसमेत बताए । उनले भने, ‘प्रतिगमनको दिशातर्फको यात्रा हुन लागेको संकेत मेची नदीको किनारबाट हामी सबैले पाइसकेका छौं । अब हामी सतर्क बनौं ।’

मेडिकल व्यवसायी दुर्गा प्रसाईले ‘धर्म,संस्कृति र नागरिक बचाऊ महाअभियान’ सुरु गरेको अभियान उद्घाटन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनका परिवारका सदस्यहरु सहभागी भएका थिए । अध्यक्ष नेपालले त्यसैतर्फ संकेत गर्दै यस्तो बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति इब्राहिम रइसी चढेको हेलिकोप्टरको भग्नावशेष फेला

बीबीसी । इरानी सरकारी टेलिभिजनले राष्ट्रपति इब्राहिम रइसी सवार रहेका हेलिकोप्टर दुर्घटना भएको

आठ खर्ब ५३ अर्ब लागतका आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

काठमाडौँ ।  सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै आठ खर्ब ५३ अर्ब

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

दमौली । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण आगलागी भएको छ

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित

  बाजुरा । नेकपा एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन् ।