अहिलेको सत्ता गठबन्धन तोडिन सक्छः अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले अहिलेको सत्ता गठबन्धन तोडिने संकेत गरेका छन् ।

मंगलबार अनेरास्ववियुको २३औं महाधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन भत्काएर सरकार बनाउन सफल भएपनि गठबन्धन फेरिनसक्ने संकेत गरेका हुन् ।

उनले स्थायित्व हुन नदिने प्रयास अहिले भइरहेको बताए । उनले भने, ‘पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाएका छौं। यो सफलताको कुरा हो । तर कथंकदाचित यो स्थिति फेरियो भने… । संसद्को बनावट नै अस्थिरताको कारक बनेको छ ।’

देशमा स्थिरता हुन नदिन अनेक किसिमका प्रयासहरू भइरहेको भन्दै अध्यक्ष ओलीले डकैती हुन नदिन एमालेले पाले बन्नुपर्ने अवस्था आएको बताए । उनले भने,’यो देश वर्वाद पार्न भित्र, बाहिरका शक्तिहरू क्रियाशील छन्। हामी सचेत हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले बाँकेको अध्यक्षमा गुरुङ विजयी

नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेको अध्यक्षमा नीरक गुरुङ विजयी भएका छन्

अरुलाई मिथ्या आरोप लगाएर आफू उम्किने प्रयास नगर्न गृहमन्त्रीलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री अरुलाई आरोप लगाएर आफू उम्किन खोजेको

इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ ।

आठ खर्ब ५३ अर्ब लागतका आयोजना अगाडि बढाउँदै विद्युत् उत्पादन कम्पनी

काठमाडौँ ।  सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनी (भियुसिएल)ले झण्डै आठ खर्ब ५३ अर्ब