राष्ट्रपति को भन्ने बारेमा विदेशी मित्रहरुलाई किन तानिँदै छ ?



योगेश भट्टराई ।
पछिल्ला दिनमा राष्ट्रपतिको निर्वाचनलाई लिएर अन्तराष्ट्रिय चासो बढेको र नेपालमा लगातर भइरहेका उच्चस्तरीय भ्रमणलाई समेत राष्ट्रपति निर्वाचनसँग जोडेर समाचार प्रकाशित हुन थालेको सन्दर्भमा केही बिषय स्मरण गर्नु सान्दर्भिक हुनेछ । २०४७ को संविधान हामीले बनायौ । १० वर्षको द्वन्द्वलाई हामीले शान्तिपूर्ण अवतरण गर्यौ । संविधानसभामार्फत नेपालका लागि नेपालीले नै संविधान निर्माण गर्यौ । विनाकारण लगाइएको नाकाबन्दी राष्ट्रिय एकताकासाथ हामीले सामना गर्यौ । सिंगो संसद एक भएर चुच्चे नक्सा जारी गर्यौ । संविधान निर्माण पश्चात स्थानीय, प्रदेश र संघको दुई पटक निर्वाचन सम्पन्न भएर करिब एकलाख जनप्रतिनिधिहरुले संबिधानको कार्यन्वयनमा भूमिका निर्वाह गरेका छन् ।

प्रतिस्पर्धाका आधारमा तीन पटक राष्ट्रपतिको निर्वाचन भएर दुई जना राष्ट्रपतीले कार्यकाल पुरा गरेका छन् । यी लगायतका अनेक घटनामा पनि अन्तर्राष्ट्रिय चासो र भूराजनीतिक चर्चा नभएको होइन तर बलियो राष्ट्रिय सामर्थ्यका साथ हामीले हाम्रो निर्णय गर्यौ । तर के आज कतिपय नेतृत्वले बिगतका गौरबपूर्ण घटना बिर्सेंको हो ? सामर्थ्य गुमाउदै गएको हो ? राष्ट्रपति को भन्ने बारेमा विदेशी मित्रहरुलाई किन तानिँदै छ ? यो हाम्रो मामला हो, हामीले निर्णय गर्नुपर्छ, राष्ट्रिय सामर्थ्य पुनः जागृत गर्नुपर्छ । सबल राष्ट्रका लागि बहुआयमिक पक्षमा राष्ट्रिय सामर्थ्य निर्माणः बहस यसमा केन्द्रित गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी

कुमारी सहकारी हिनामिना प्रकरणमा जिसस म्याग्दीका प्रमुखसहित पाँच जना जेल चलान

म्याग्दी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रू एक अर्बभन्दा बढी हिनामिना र

अमेरिकाबाट फर्काइएकालाई आवश्यक सोधपुछपछि लगाइयो परिवारको जिम्मा

काठमाडौँ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अमेरिकामा कागजातविहीन भएपछि फर्काइएका (डिपोर्ट

प्रतिनिधिसभाबाट पाँच अध्यादेश स्वीकृत, भूमिसम्बन्धी अध्यादेश ‘अलपत्र’

काठमाडौं । प्रतिनिधिसभाबाट सरकारले ल्याएका ६ मध्ये पाँचवटा अध्यादेश स्वीकृत भएका छन् ।