टर्की र सिरियामा भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार भन्दाबढी



टर्की र सिरियामा सोमबार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघेको छ। टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या ६ हजार ९ सय ५७ रहेको छ ।

सिरियामा मृतकको सङ्ख्या पुष्टि गर्न कठिन भइरहेको छ तर सरकारी सञ्चारमाध्यमहरूले करिब २५ सय जनाले ज्यान गुमाएको उल्लेख गरेका छन् । विद्रोहीहरूको नियन्त्रणमा रहेको क्षेत्रमा सक्रिय ह्वाइट हेल्मेट रेस्क्यु ग्रुपले मृतकको सङ्ख्या १ हजार २८० भन्दा बढी पुगेको जनाएको छ ।

सहायता संस्थाहरूले भग्नावशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै भेटाउने सम्भावना कम हुँदै गएको बताइरहेका छन् । मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी दिइएको छ ।

अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको छ ।

सर्वाधिक प्रभावित टर्कीका सहरहरूमध्ये एकमा भूकम्पका कारण भत्किएका आवासीय भवनहरूमा बस्ने पीडितका आफन्त नै अङ्कुशलगायत विभिन्न औजार लिई उद्धार कार्यमा खटिएका छन् ।

टर्कीमा सोमबार बिहान पहिलो पटक ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यसको केही घण्टापछि ७.५ म्याग्निट्यूडको भूकम्प गयो । केही स्थानमा उद्धार कार्य ढिला भएको पीडित परिवारले गुनासो गरेका छन् ।

टर्कीका प्रायः सरकार पक्षधर सञ्चारमाध्यमहरूले स्थानीयवासी र विभिन्न टोलीहरूले चिसो र वर्षासँग जुध्दै उद्धारको प्रयास गरिरहेको जनाएका छन्।

तर भूकम्पबाट प्रभावित प्रान्तहरूमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले सरकारको प्रयास अपर्याप्त भएको जनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राहुल गान्धीलाई सरकारी निवास छाड्न आदेश

भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई भारतीय संसद् लोकसभाले सरकारी निवास खाली गर्न

मन्त्रालय भागवण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गर्नुभएको छ

बेचबिखनमा परेका ९ युवतीको दिल्लीबाट उद्धार, बन्धक बनाई यौनधन्दामा लगाउने ३ पक्राउ

काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखनमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको

न्यायालयको मर्यादाक्रमसम्बन्धी ल्याइएको विधेयकप्रति बारको विरोध

काठमाडौं । नेपाल बार एसोसिएसनले राज्यको प्रमुख अङ्गका रुपमा रहेको न्यायपालिकाको नेतृत्वको मर्यादाक्रममा