एउटा सरकारी विद्यालय



डा. गोविन्दशरण उपाध्याय ।
(१) यस पटकको भारतयात्रा निकै स्मरणीय रह्यो । सबैभन्दा स्मरणीय त दादा भगवानका भक्त लाला भाइ पटेलको गाउँ साकरोडि़याको भ्रमण रह्यो ।लाला भाई भारतको प्रतिष्ठित रिजर्व बैंकका पूर्व वरिष्ठ कर्मचारी हुन् र अवकाशपछि आफ्नै गाउँ “साकरोडि़या“मा कृषकका रूपमा जीवन यापन गर्छन् । उनका एकमात्र छोराबुहारी पनि गाउँमै वस्छन् । घरमा शहरमा भएका सबै सुविधा छन्, त्यो भन्दा पनि बढी सुविधा प्रदुषण रहित वातावारण र आफ्नै खेतको विषादीरहित भोजनको अवसर प्राप्त गरिरहनुभएको छ ।

(२) ‘साकरोडि़या’ गाउँ गुजरातको प्रमुख सहर अहमदावादबाट उत्तरतिर १७० किलोमिटर पर छ । हालका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वप्न र मोडेल प्रदेशको रूपमा प्रचारित गुजरातको यो गाउँको यात्राका क्रममा मैले त्यस गाउँको कृषि–व्यबस्था, अस्पताल, बालवाडी, गाउँपंचायतको कार्यालय, वैंक र पाठशाला (हाइस्कूल)को प्रत्यक्ष निरीक्षण गर्ने, सम्बन्धित अधिकारीहरूसंग र बालवालिकासंग कुराकानी गर्ने अवसर जुट्यो ।

(३) यो गाउँको जनसंख्या लगभग ५६० जनाको रहेछ । यो गाउँमा सबै जातजातिको वसोवास भए पनि सबैभन्दा बढी समुदाय भने “पटेल“हरू रहेछन् । गाउँको हरेक घरबाट एकजना सदस्य अनिवार्य रूपमा अमेरिका, वेलायत वा अस्ट्रेलिया भएको बुझियो । म यो गाउँमा पुग्दा अमेरिकामा स्थायी वसोवास भएका यही गाउँका वासिन्दाहरूको विवाह भोज चलिरहेको थियो । यहाँ हुनेखानेहरूले ५ देखि ७ दिनसम्म आफन्तहरूका लागि विहान–वेलुका नै खाने व्यबस्था गर्दा रहेछन् । विवाह उत्सव लगभग १० दिनसम्म चल्दो रहेछ । विवाहका पहिका तीन दिन भने गाउँका कुनै घरमा पनि खाना पाक्दो रहेन छ । सवै गाउँले विवाहघरका पाहुना हुँदा रहेछन् । मैले पनि श्रीयोगेन्द्र शुक्लासहित विहान तथा वेलुका यही “भतेर“मा भोजन गर्ने अवसर प्राप्त गरें ।

(४) गाउँ घुम्दै गर्दा कक्षा १० सम्म पठनपाठन गरिने ग्रामीण पाठशाला पुगियो । पाठशाला निकै स्वच्छ, व्यवस्थित र मर्यादित थियो । पाठशालामा १३९ जना विद्यार्थीहरू रहेछन् । ती विद्यार्थीका लागि १३ जना शिक्षकशिक्षिका रहेछन् । पाठशाला तीन ब्लकमा विभाजित रहेछ । शिशु, प्राथमिक र ६ देखि १० सम्म । सा–साना नानिवावुहरू कक्षाकोठामा पलेटी मरेर गलैचामा पढ्दा रहेछन् । कक्षा पांच भन्दा माथिका विद्यार्थीहरूका लागि भने टेवल कुर्सी रहेछन् । विहान १० बजे देखि ४ बजेसम्म कक्षा चल्दा रहेछन् तर कक्षाचारसम्मका विद्यार्थीहरू ३ बजे घर जाँदा रहेछन् ।

(५) विद्यालयआउने सबै विद्यार्थीहरूका लागि विद्यालयमै तीन पटक भोजन र नास्ताको व्यबस्था रहेछ । विद्यालय आउँदा केही हल्का नास्ता, १ बजे भोजन र जाने वेला पुनः हल्का नास्ता विद्यालयले नै खुवाउदो रहेछ । मैले आफै विद्यालयको भोजनलय हेरें । त्यो निकै सफा र हाइजेनिक थियो । छ दिनका लागि छ प्रकारका भोजनको व्यबस्था रहेछ । विद्यार्थीहरूका लागि भोजन पकाउनु, खुवाउनु, सरसफाई गर्नु प्रोजेक्ट वर्कका अनिवार्य अंश रहेछन् । सबैभन्दा महत्वपूर्ण कुरा हरेक विद्यार्थीलाई सरकारले घरबाट आउने÷जाने व्यबस्था गरिदिएको रहेछ ।
(६) शिक्षक/शिक्षिकाहरू निकै फरासिला रहेछन् र विद्यार्थी मित्र रहेछन् । विद्यार्थीहरूको अनुशासन निकै राम्रो लाग्यो । हरेक कक्षामा स्मार्ट–कक्षाका लागि स्मार्ट–बोर्ड जडान गरिएको रहेछ । शिक्षक–शिक्षिकाले पढाएका हरेक विषयवस्तुहरू रेकर्ड गरिँदो रहेछ भने अन्य ठाउँका शिक्षकले पढाएका विषयवस्तु र इन्टरनेटमा भएका विषयवस्तुलाई पाठ्य–सामग्रीका रूपमा निकै उपयोग गरिंदो रहेछ । सबैभन्दा गज्जवको कुरा त के भने विद्यार्थीहरूले हरेक दिन घरबाट किताव बोकेर ल्याउनु पर्ने रहेनछ । हरेक विद्यार्थीले आफ्ना किताव आफ्नै टेवलमा छोडेर जाने वा लिएर जाने निर्णय गर्न पाउँदो रहेछ ।

(७) कक्षा ४ सम्म गुजराती मिडियममा पठनपाठन हुँदो रहेछ भने तेसपछि अंग्रेजी, गुजराती, संस्कृत, हिन्दीआदि भाषामा पठनपाठन गरिँदो रहेछ । गुजरातका ८० प्रतिशत बालबालिकाले हिन्दी बुझ्दा रहेछन् भने बोल्नेचाहिं मातृभाषा मै रहेछ । मैले यी सबै विशेषता सरकारी विद्यालयको बताएको हुँ । गृहप्रदेश गुजरात भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षामा ठूलै लगानी गरेका रहेछन् भने त्यो लगानीको प्रतिफल पनि निकै राम्रो रहेछ ।

(८) नेपालमा झैं गुजरातमा पनि ‘हुनेखाने र हुँदा खाने’ दूवैले आफ्ना बालबालिकाहरूलाई अंग्रेजी मिडियमको पब्लिक स्कूलमा पढाउने इच्छा राख्दा रहेछन् । सरकारी विद्यालयहरूमा एतिबिध्न सुविधाहरू हुँदा पनि धेरैले दुखजिलो गरेर अंग्रेजी स्कूल रोज्ने रहेछन् । मैले निरीक्षण गरेको विद्यालयमा पनि धेरैजसो गाउँले न्यूजआय भएका परिवारका बालबालिका नै पढ्ने रहेछन् । गुजरातका गाउँहरूमा पनि अंग्रेजी पढ्नेहरूरू ‘जान्ने’ हुन्छन् भन्ने सोच पछिल्लो पटक घटेको भन्ने पनि भेटियो ।

(९) गुजराती सरकारी विद्यालयहरूका शिक्षक–शिक्षिकाहरू शिक्षाका क्षेत्रमा निकै समर्पित हुँदा रहेछन् र सरकारले पनि तिनको निकै ध्यान दिएको रहेछ । सरकारी विद्यालयमा पढाउने हरेक शिक्षकशिक्षिकाहरू विद्यालय आउँदाजाँदा आफ्नै कार प्रयोग गर्दा रहेछन् अर्थात् उनीहरूले राम्रो तलव प्राप्त गर्ने रहेछन् । साथै अभिभावकहरू पनि निकै सचेत रहेछन् । मैले विद्यालयमा आएका हरेक विद्यार्थीहरू सफासुग्घर भेटिए ।

(१०) यतिबिध्न सुविधा हुँदाहुदै पनि गाउँका हुनेखानेहरूले आफ्ना बालबालिकालाई सरकारी विद्यालय भन्दा “पब्लिक–स्कूल“ पठाउने कुरामा महत्व दिंदा रहेछन् । यसको मूलकारण चाहिं “अंग्रेजी मोह“ नै रहेछ । असलमा, गुजरातका गाउँगाउँबाट अमेरिका–वेलायत लगायत विदेशमा प्रवासीहरूको सङ्ख्या एकदम बढी रहेछ । मैले भ्रमण गरेको गाउँबाट पनि लगभग ५०% जनसंख्या प्रवासमा रहेछ । लाला भाइ पटेलले भने “अभिभावकहरू अंग्रेजी माध्यममा पढाउन चाहन्छन् किनभने अमेरिका, वेलायत उनीहरूको सपना हुन्छ । सरकारी विद्यालयहरूमा धेरैजसो बालबालिकाहरू गरिव हुन्छन् ।

(११) मोदी–सरकार आएपछि सरकारी विद्यालयहरूको परिवेश निकै वदलिएको छ । विद्यालयमा शिक्षक र शिक्षण प्रणाली निकै वदलिएको र सरकारले गुजराती र हिन्दीलाई समेत महत्वपूर्ण जागिर वा व्यवसायमा प्रयोग गर्ने नीति लिएपछि सरकारी शिक्षाप्रतिको साधारण दृष्टिकोण वदलिएको छ । अभिभावकहरू सरकारी विद्यालयमा आफ्ना बालबालिका पढून भन्ने चाहन्छन् तर अंग्रेजीको मोह गहिरो छ । आज सरकारी विद्यालयमा १२ कक्षामा पढ्ने विद्यार्थीले राम्रो अंग्रेजी बोल्न र लेख्न सक्छन् । संस्कृत, गुजराती र हिन्दी पनि निकै राम्रो हुन्छ ।

(१२) सरकारी विद्यालयमा सबै जातजाति र थरका बालबालिका समान रुपले पढ्दा रहेछन् । यो विद्यालयमा मुस्लिम र जैनबालबालिकाको उल्लेखनीय उपस्थिति रहेछ । अचम्मको कुरा त के भने मुस्लिम बालबालिकाहरू र अभिभावकहरू पनि शाकाहारी रहेछन् । मैले यो कुराको प्रमाण सुरतबाट मुम्बई जाँदा बाटोमा भेटिएका ठूलाठूला भोजनालयहरू मुस्लिमहरूले संचालन गरेको र “वोहोरा“ मुस्लिम पूर्णतया शाकाहारी हुने कुरा थाहा पाएँ । तेहा हिन्दू–मुस्लिमका विचमा “दुष्मनी“ भन्ने सुनिएको कुरा झूटो रहेछ भन्ने लाग्यो ।

(१३) मैले सोधें ‘नेपाल कहाँ छ ?’ बालबालिकाले चिच्याएर जवाफ दिए ।हाम्रो छिमेकी देश हो, पशुपतिनाथ र सगरमाथा त्यहाँ छ । धेरै पहाड़ छ । धेरै हिन्दूहरू छन् । धेरै जाडो हुन्छ । मान्छे इमान्दार हुन्छन् । गोरखाले हाम्रो देशका लागि काम गर्छन् । हामी भारतीयहरू नेपाललाई माया गर्छौं ।’  म त्यस विद्यालयमा अचानक पुगेको थिएँ । कक्षा ८ का विद्यार्थीले एसो भन्दा निकै गौरव लाग्यो । आफ्नो देश, संस्कृति, धर्म र विश्वको ज्ञान राम्रो रहेछ –बालबालिकामा । मैले भने “तिमीहरू ठूलो भए पछि नेपाल आउनु, मैले स्वागत गर्ने छु ।’

नेपाल र भारतीय सरकारी विद्यालयहरूको शिक्षा र अन्य सुविधाहरू वारे पाठकले नै निर्णय गरूँन् ।
स्वस्तिअस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सहकारीका समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्छः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए