नेपाली सेनाकाे अधिकृत क्याडेटमा छनाैट हुन सफल प्रशिक्षार्थीहरुलाई डिक्यानद्वारा बधाई तथा सम्मान



नेपाली सेनाको सिं.स.६३ अधिकृत क्याडेटमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई डिक्यानले बधाई तथा सम्मान कार्यक्रम आयाेजना गरेकाे छ । सर्वाेत्कृष्ट नतिजा सहित सेवा प्रवेश गर्न सफल प्रशिक्षार्थीहरूलाई बधाई तथा सम्मान गरेकाे हाे । कार्यक्रममा प्रमुख अतिथि पूर्व राजदुत तथा नेपाली सेनाका पूर्व सहायक रथी भरतबहादुर रायमाझी, विशेष अतिथि सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक शैलेन्द्र कुमार श्रेष्ठ, अतिथिहरू सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक शुशील श्रेष्ठ, नेपाल प्रहरीका अवकाश प्राप्त विशिष्ट व्यक्तिहरू, अभिभावक साथै सफल विद्यार्थीहरूकाे उपस्थिति रहेकाे थियाे ।

आफुहरूकाे सानै देखिकाे सपना नेपाली सेनाकाे अधिकृतमा सेवा प्रवेश गरेर राष्ट्रसेवा गर्ने रहेकाे बताउँदै सपना पुरा गर्नका लागि पछिल्लाे समय डिक्यानले महत्वपूर्ण भूमिका खेलेकाे कुरा प्रशिक्षार्थीहरूले बताउनुभयाे । १२ कक्षा पास गरिसकेपछि झण्डै एक वर्ष अगाडि डिक्यानमा भर्ना गरेकाे स्मरण गर्दै याे बीचमा यहाँबाट पाएकाे हाैसला, ज्ञान र सकारात्मक उर्जा सहितकाे वातावरणले आज नेपाली सेनाकाे अधिकृत क्याडेटमा छनाैट हुन सफल हुनु मेराे र परिवारकाे लागि समेत गर्वकाे विषय रहेकाे एक प्रशिक्षार्थीले बताउनुभयाे ।

कार्यक्रममा बाेल्दै पूर्व सहायक रथी भरतबहादुर रायमाझीले राष्ट्रसेवा प्रति उत्प्रेरित भएर सेनाकाे अधिकृतमा प्रवेश गर्ने भाइबहिनिहरूमा याे देशकाे लागि मैले के दिन सक्छु ? भन्ने भावनाकाे विकास अहिलेबाट नै हुन जरूरी भएकाे बताउनुभयाे । सधैँ म गर्न सक्छु, हामी गर्न सक्छाैँ भन्ने सकारात्मक साेच र उर्जाका साथ निरन्तर लाग्नुपर्ने बताउनुभयाे । कार्यक्रममा सशस्त्र प्रहरी बलका पूर्व प्रमुख शैलेन्द्र कुमार श्रेष्ठले तपाइँहरूले याे सफलता हासिल गर्नुमा दृढ इच्छाशक्ति, निरन्तरकाे मेहनत र लगनशीलता रहेकाे बताउँदै आगामी दिनमा समेत इमान्दारिता, नैतिकता र आत्मविश्वासका साथ अगाडि बढ्नुपर्ने बताउनुभयाे । आफ्नाे सेवा प्रवेश पनि नेपाली सेनाकाे अधिकृत क्याडेटबाट रहेकाे बताउँदै देश र जनताकाे सुरक्षाकाे मात्रै चिन्ता लिने गाैरवशाली संगठनकाे अधिकृतमा सेवा प्रवेश गर्नु गर्वकाे विषय रहेकाे सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक शुशील श्रेष्ठले बताउनुभयाे ।

कार्यक्रममा बाेल्दै संस्थाका अध्यक्ष तथा पूर्व प्रहरी वरिष्ठ उपरिक्षक गुप्तबहादुर श्रेष्ठले स्थापना देखि नै संस्थाले देशमा रहेका युवाहरूलाई याेग्य र सक्षम बनाइ सुरक्षा निकायमा सेवा प्रवेश गर्नकाे लागि लामाे समयकाे अनुभव रहेका व्यक्तिहरूबाट प्रशिक्षण प्रदान गर्दै आइरहेकाे र आगामी दिनमा समेत अझ गुणस्तरीय प्रशिक्षणकाे लागि कुनै कसुर बाँकी नराख्ने विश्वास समेत व्यक्त गर्नुभयाे । संस्थाका कार्यकारी निर्देशक डा. राजेन्द्र के.सी.ले विद्यार्थीहरूले सफलता प्राप्त गरि याे अवस्थामा पुग्नु आफ्नाे जीवनकै सबैभन्दा ठुलाे सफलता रहेकाे बताउँदै आउने दिनमा आर्थिक हिसाबले कमजाेर तथा जेहन्दार विद्यार्थीकाे लागि डिक्यानले सहयाेग गर्ने प्रतिबद्वता समेत व्यक्त गर्नुभयाे । कार्यक्रममा नेपाली सेनाका पूर्व जनरलहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका पूर्व विशिष्ट व्यक्तिहरू, अभिभावक लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

नेपाली सेनाले सार्वजनिक गरेकाे मिती २०७९।१०।४ गतेकाे सूचना अनुसार नेपाली सेनामा रिक्त अधिकृत पदपुर्तिका लागि २०७८/९/१८ गते गोरखापत्रमा प्रकाशित विज्ञापन नम्बर ०७८/७९/४७ अनुसार सिं.स. ६३ अधिकृत क्याडेट तथा सि.सं. ३ स्नातक अधिकृत क्याडेट छनौट परीक्षाका अन्तिम नतिजामा १३० जना उम्मेदवारहरु उर्तिण भएका थिए ।

संस्थाले पछिल्लो समय नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्राविधिक र अप्राविधिक तर्फका सम्पूर्ण पदहरुको लागि जागिर खान इच्छुक तथा योग्यता पुगेका क्षमतावान युवाहरुलाई शारीरिक अभ्यास, लोक सेवा आयोगद्वारा लिइने लिखित परीक्षा, व्यक्तित्व विकासका साथै अन्तर्वार्ताको लागि प्रशिक्षण दिँदै आएको छ । विगतमा सुरक्षा निकायका विभिन्न पदहरु सैनिक अधिकृत, इन्स्पेक्टर, अनुसन्धान अधिकृत, असई, सैन्य, जवान लगायत अन्य पदहरुमा हजारौँको संख्यामा युवाहरुलाई सेवा प्रवेश गराउन सफल भइसकेको छ ।

पछिल्लो पटक सैनिक स्टाफ कलेज तयारी कक्षा, स्याट, प्रि–स्याट लगायतका व्यवसायिक कोर्ष पनि गराउँदै आएको छ । पिछडिएको क्षेत्र, महिला, मधेसी, जनजाति, दलित साथै आर्थिक रुपमा विपन्न वर्गहरुलाई विशेष छात्रवृत्तिको व्यवस्था गरि वढी भन्दा वढी युवाहरुलाई प्रशिक्षण गराउँदै आइरहेको छ । सुरक्षा निकायमा सेवा प्रवेशको लागि चारवटै सुरक्षा निकायका पूर्वप्रमुखहरु तथा बरिष्ठ अधिकारी समेतको प्रयासमा एउटा सेवामुखी र व्यवसायिक संस्थाको रुपमा डिक्यानको स्थापना गरिएको हो । यहाँ अनुभव प्राप्त नेपाली सेना, प्रहरीका अवकाश प्राप्त उच्च अधिकारीहरु, लगायत अनुभवी विषय विज्ञहरुद्वारा सेवा प्रदान गरिने हुँदा यसले विद्यार्थीहरुमा उच्च मनोबल बनाउँछ । विगतका वर्षहरूमा यहाँ अध्ययन गरि छनौट परीक्षामा सहभागी हुने विद्यार्थीले उच्च स्थान हासिल गर्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उर्जा मन्त्रालयले फेरि सोध्यो कुलमानलाई स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चार बुँदे स्पष्टीकरण

राष्ट्रियसभाबाट पनि पाँच अध्यादेश स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाबाट पनि पाँच वटा अध्यादेश स्वीकृत भएका छन् । बिहीबारको

कर्मचारीलाई सरकारले नोकर ठानेर व्यवहार गर्छ भने त्यस्ता कर्मचारीको पक्षमा उभिन्छौँः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कर्मचारीलाई सरकारले आफ्नो कारिन्दा मात्रै

सरोज गुरागाईँलाई हाजिर गर्न नदिने बालेनको अडान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सरोजप्रसाद गुरागाईँलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पुनः हाजिर गराउँदा