राष्ट्रियसभाको उपाध्यक्षका लागि मनोनयन दर्ता आज



काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुनेभएको छ । सङ्घीय संसद् सचिवालयले यसका लागि आज दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ ।

सङ्घीय संसद्को ल्होत्से हलमा प्रस्ताव दर्ताका लागि स्थान तोकिएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही माघ २३ गते सोमबार मध्यान्ह १२ बजे उपाध्यक्षको चयनका लागि मिति निर्धारण गरेका थिए ।

आज अपरान्ह ४ बजेसम्म प्रस्ताव दर्ता गर्ने र अपराह्न सवा चार बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रियसभाको बैठकमा यही माघ २३ गते ‘उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी’ प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

समर्थकले समर्थन गर्ने र उम्मेदवारीको प्रस्तावमा संक्षिप्त छलफल हुने र दर्ता क्रमअनुसार निर्णायार्थ पेश गरिनेछ । तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि राष्ट्रियसभाको उपाध्यक्षको पद रिक्त छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त भएको छ ।

प्रधानमन्त्री बन्न म बालकोट गएको होइन, बालकोट मलाई खोज्दै आएको होः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन आफू एमाले खोज्दै नगएको बताएका

तनहुँ-१ र बारा-२ मा वैशाख १० मा उपचुनाव गर्ने आयोगको निर्णय

काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र–१ र बारा–२ मा पनि १० वैशाखमा उपचुनाव हुने

लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षा