रास्वपाले सरकारकाबारेमा आइतबार निर्णय गर्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बिनानिष्कर्ष टुंगिएको छ । सरकारकाबारेमा निर्णय गर्न बसेको बैठक विना निष्कर्ष टुंगिएको हो ।

पार्टी नेता विराजभक्त श्रेष्ठले बैठकमा प्रधानमन्त्रीको प्रस्तावकाबारेमा सभापतिले सामान्य जानकारी गराएको र आइतबार बिहान ११ बजे पुनः बैठक बस्ने जानकारी दिए । आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्ने भनिएको थियो ।

तर, केही सांसदहरु र शीर्ष नेता काठमाडौं उपत्यकाबाहिर रहेकाले आजको बैठकले निर्णय नगरिएको बताइएको छ ।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई गृह मन्त्रालयको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन र सरकारमै रहन आग्रह गरेका थिए । रास्वपाले यसअघिको बैठकबाट गृह मन्त्रालय पुनः आफैँले पाउनुपर्ने अडान राखेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरूलाई कानुन कानुनविपरीत उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद