गृहमन्त्री नियुक्तिकाबारेमा ओली-प्रचण्डबीच छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न एमाले अध्यक्ष ओली शनिबार बिहान बालुवाटार पुगेका हुन् ।

भेटमा उनीहरुबीच गृहमन्त्री नियुक्त तथा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ । गृहमन्त्री नपाए सरकार छाड्ने चेतावनी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुबै नेतालाई दुई दिन पर्खन आग्रह गरेका थिए । त्यसै सन्दर्भमा प्रधानमन्त्री र ओलीबीच कुराकनी भएको बताइएको छ ।

ओली रास्वपलाई गृहमन्त्री दिनुपर्ने बताउँदै आएका छन् भने प्रधानमन्त्री रवि लामिछानेको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म नदिने पक्षमा छन् । आजको भेटमा पनि ओलीले रास्वपलाई गृहमन्त्री दिन प्रधानमन्त्रीलाई दवाव दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा