मधेसमा मन्त्री र राज्यमन्त्री गरी ९ जनाले लिए शपथ, माओवादी सहभागी भएन



जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार उनले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

महेश प्रसाद यादव शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री, सुरिता कुमारी साह सामाजिक विकास तथा सत्रुधनप्रसाद महतो कोइरी गृह तथा सञ्चार मन्त्री नियुक्त भएका छन् ।

त्यस्तै, सिंहासन कलावार खानेपानी तथा ऊर्जा विकास, राजकुमार लेखी कानुन न्याय तथा प्रदेश मामिला र मोहम्मद जयद खाँ आलम महिला तथा बालबालिका, युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

त्यसैगरी शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चार राज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन्। माओवादी केन्द्र भने सरकारमा सहभागी भएन ।

माओवादीले दुई वटा मन्त्रालय मागेको थियो। मुख्यमन्त्री यादवले माओवादीका भरतप्रसाद साहलाई उद्योग, पर्यटन तथा वनमन्त्री बन्न प्रस्ताव गरेका थिए। तर माओवादी तयार नभएपछि सरकारमा सहभागी भएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा