सर्वोच्चको पूर्णपाठ किन चाहियो ? सहमति अनुसार रास्वपालाई गृह मन्त्रालय दिनुपर्छः केपी ओली



विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउनुपर्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले रास्वपाका सभापति रवि लामिछानेलाई पहिले तोकेकाले अहिले पनि उसैले पाउनुपर्ने बताएका हुन् । उनले भने, ‘’कसलाई बनाउने भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा हो। हामीले गृह मन्त्रालयको उसलाई दिएका हौँ। त्यो पार्टीले रवि लामिछानेलाई पहिले तोकेको हो। त्यसअनुसार बनाएका हौँ । फेरि पनि रवि लामिछानेलाई नै दिनुपर्छ भन्छ भने त्यो उसको कुरा हो।’

उनले प्रधानमन्त्रीको भनाईतर्फ संकते गर्दै रास्वपालाई गृहमन्त्रालय दिन सर्वोच्चको पूर्णपाठ आवश्यक नभएको बताए । उनले भने, ‘पूर्णपाठ किन चाहियो? कण्ठ गर्ने हो र पूर्णपाठ?’ उनले यसअघिको सहमति अनुसार अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘कुन–कुन पार्टीले के लिने भनेर के सहमति भएको हो, तपाईंहरुलाई थाहा छ। त्यसै अनुसार अगाडि जानुपर्छ ।’

गत पुस ११ गते लामिछाने उपप्रधान तथा गृहमन्त्री भएका थिए। तर, गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता प्रकरणमा फैसला सुनाएपछि भने लामिछानेले सांसद, मन्त्री र पार्टी सभापति पद गुमाएका थिए।

लामिछाने पुनः नेपाली नागरिकता लिएपछि गृहमन्त्री पद हत्याउन लागिपरेका छन् । तर प्रधानमन्त्री सर्वोच्चको पूर्णपाठ नआउन्जेल अरुलाई गृहमन्त्रालय नदिने पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा