नेताले देश त बनाउला, तर कुन श्रोत र साधनले ?



डा. युवराज संग्रौला ।
एउटा अस्वाभाविक विरोधाभाष । जताततै फ्लाइओभर, आकाशनै फ्लाइओभरले ढाके जस्तो । तर बाटोमा गरिबी उतिकै छ। सारा आम्दानी जति बाटो विस्तार र फ्लाइओभरमा । तर विज्ञानको विकास छैन, कृषिको आधुनिकीकरण छैन । शिक्षामा गुणस्तर छैन । हवाइजहाजमा लागेको भन्दा ज्यादा समय जाममा बिताउनु पर्ने । सबै काला सिसावाला निजी कार । सार्वजनिक यातायात छैन। राष्ट्रले कमाएजति शहरको व्यवस्थापनमा सकिने रहेछ। फ्याक्ट्रीमा काम गर्ने मज्दुर गरीव छ, तर मालिक अर्बपति । मेरो साथीको गुनासो थियो, ‘किन हाम्रो समाजमा समाजवादले मौका लिन सकेन। तिम्रो देशमा वामपंन्थी दलहरूको राजनीतिमा पकड छ, तर मेरो देशमा मजदूर नै वामपन्थी कुटन जान्छ।’

मसँग जवाफ कहाँ छ र ? चीनमा कम्युनिष्ट कार्यकर्ता मार्ने च्यांङ्ग काइसेकका सिपाही गरीब नै थिए । माहात्मा गान्धीलाई गोली हान्ने व्यक्ति कहाँ पूँजीपति थिए र ? चेतना भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ, हुने रहेछ । मानिस सामाजिक प्राणी हो, तर सामाजिक प्राणी भिड पनि हो। जबसम्म चेतना हुन्न त्यो सामाजिक प्रवृत्ति डरलाग्दो भिड मात्र रहन्छ ।

१. दक्षिण एसियाले जापान, सिङ्ग्गापुर र चीनले जस्तै अधिक लगानी विज्ञानको विकासका लागि शिक्षामा लगाएको भए, आज गरिबीलाई सम्बोधन गर्ने उपाय आउने थियो। तर हाम्रो शिक्षाको हालत छ ।

२. कृषिलाई आधुनिक गर्न लगानी गरेको भए, बस्ती शहरमा केन्द्रित हुने थिएन । तर शोषक पुँजीं निर्माण गर्न गाउँ सुकाएर शहरीकरण ल्याइयो। गाउँ विकास नभै कसरी देश विकास हुन्छ ? कृषिको उन्नति होइन रियलस्टेटको प्रबर्द्धन गर्ने विकासको ढाँचा वित्तीय पूँजीवाद हो भन्ने हाम्रो दिमागमा घुसेन ।

३. लोककल्याणकारी अर्थशास्त्रको अनुसरण गरेर हाम्रा शहरहरुमा राज्यले जापान, कोरिया र चीनले जस्तै सार्वजनिक यातायातको प्रबन्ध गरेको भए, अहिलेसम्म शहरका बाटा ठूला र फ्लाइओभर बनाउने अर्बौं रकम कृषि, उर्जा र शिक्षामा लगाउन सकिन्थ्यो। तर राजनीतिको तात्पर्य निर्वाचन र सत्ता भयो, आर्थिक विकास हुन पाएन। मानिसलाई उद्यमी बन्न भन्दा नेता बन्न रहर छ ।

४. निर्यात होइन आयात गर्ने अर्थतन्त्रले दक्षिण एसियाको ढाड भाँच्यो। भारतले चकाचक गर्यो भनिन्छ, तर निति प्रतिष्ठानले निकालेको आंकडाले १ प्रतिशत धनीका हातमा राष्ट्रको ७५ प्रतिशत सम्पत्ति पुगेछ । कस्तो होला यो असमानताको अवस्था अर्को २० वर्षमा ?
. हामीले त मौलिक अर्थतन्त्रको बारेमा बहस गर्नुपर्ने होला । तर रातो दिन राजनीतिको मात्र ?

‘हाम्रो मनोवृत्तिमा ठूलो समस्या छ। हाम्रो सोचमा कहीँ खोट छ । पाँचतारे होटलको अगाडि एउटा सानो गुम्ती छ । त्यहाँ एउटा वन, एक कोसा केरा र एक कप चिया खाएर मजदुर जीवनयापन गर्छ। नेताका जुलुसमा ऊ जान्छ र उही उसका पक्षमा बोल्ने शिक्षकको हत्या गर्छ।’ मेरो साथीको यो भनाइ हाम्रो यथार्थ हो। जनताको पक्षमा बोल्ने दर्जनौ पत्रकार यो बर्ष मारिए । तर कर्पोरेटले चलाएका संचारगृह त्यही राजनीतिको पक्षपोषण गर्छन् किनकि राज्यले उनीहरुलाई ठग्ने छुट दिएको छ। आजको अवस्था बदल्ने हो भने आजको व्यवस्था बदल्नु आवश्यक छ। त्यसैले आवश्यकता विचारको निर्माण को हो । विचारको राजनीति रोक्ने र विचारको प्रक्षेपण गर्नेका बीचको द्वन्द्व त स्वाभाविककै हो। तर बिडम्वना जसका लागि विचारको खोजी हो त्यही विचारको खोजी गर्ने मार्न जान्छ । सोक्रेटसलाई मार्ने र लेनिन र गान्धीलाई गोली हान्ने पूँजीपति थिएनन् । नेताले देश त बनाउला, तर कुन श्रोत र साधनले ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा ६ जना विनाविभागीय मन्त्री नियुक्त

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री

कांग्रेस सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीलाई सघाउन तयार

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा नेकपा(एकीकृत समाजवादी)लाई मुख्यमन्त्री दिन तयार देखिएको छ

माधव नेपालसँगको भेटपछि देउवा निवासमा कांग्रेसका शीर्ष नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवाले

राजनीतिक व्यवसायी र कमिसनखोर व्यापारी घरानाको गठजोडबाट एउटा सन्तान जन्मियो, त्यो भ्रष्टाचार होइन र ?

डा. युवराज संग्रौला । १. २०२४ इ.स. ।  हरेक साल अस्ट्रेलियाको सिड्नी विश्वविद्यालयका