हामी सल्लाह गर्दैछौँ, सकेसम्म गठबन्धन नटुटोस् भन्ने होः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू गठबन्धन नटुटोस् भन्ने पक्षमा रहेको बताएका छन् ।

मंगलबार पार्टीको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले गृहमन्त्रीकै कारण गठबन्धन नटुटोस भन्ने पक्षमा आफू रहेको बताएका हुन् , उनले भने, ‘हामी सल्लाह गर्दैछौँ । सकेसम्म गठबन्धन नटुटोस् भन्ने हो ।’

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा अदालतको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय नदिन माओवादी नेताहरूले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

प्रधानमन्त्रीले भने, ‘त्यो पनि कुर्नुपर्ने आवश्यकता छ भन्ने सुझाव आएको छ ।’ तर रास्वपा नेताहरु भने गृह मन्त्रालय नदिए सरकार छाड्नेसम्मका चेतावनी दिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

तत्काल कानून बनाएर सहकारी र तिनका कारण बचतकर्ताले बेहोर्नुपरेको समस्या समाधानको प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा