सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदासम्म रास्वपाले गृह मन्त्रालय नपाउने, प्रधानमन्त्रीलेनै राख्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रले रवि लामिछाने सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएसमम गृह मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालसँगै रहने जनाएको छ ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि पार्टी प्रवक्तासमेत रहेका उपाध्यक्ष कृष्णबहादुर महराले फैसलाको पूर्णपाठ नआएसम्म गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहने बताए । रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो ।

त्यसपछि उनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए । आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रविले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राखेका छन् । तर अहिले गृह मन्त्रालय प्रधानमन्त्री आफैंले राखेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने गृह मन्त्रालय नदिए सरकार छाड्ने चेतावनी दिएका खबर सार्वजनिक भइरहेका छन् । मंगलबार बिहान प्रधानमन्त्रीलाई भेटेर लामिछानेले आफूलाई गृहमन्त्री नियुक्त गर्न आग्रह गरेका थिए । लामिछाने गैरसांसदको रुपमा गृहमन्त्री बन्ने दाउमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

आगलागीबाट यसरी सखाप भयो महोत्तरीको मटिहानीको एक बस्ती(फोटोफिचर)

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका– ६ स्थित जरलहवा बस्तीमा भीषण आगलागी भएको छ।