आकर्षक नाराः भ्रष्टाचार निवारण



डा. गोविन्दशरण उपाध्याय ।
(१) नेपाली समाजमा व्याप्त भ्रष्टाचारलाई विदेशीको सहयोगबाट निमिट्यान्न पार्न सकिन्छ भन्ने कुनै व्यक्ति वा राजनीतिकदलको नेतृत्वलाई लाग्छ भने यो दिवास्वप्न हो । मान्छेले सधैं प्रगति गर्दै आएको छ र भविष्यमा पनि यो प्रगतिले निरन्तरता पाउने नै छ तर हरेक व्यक्तिले आफ्नो क्षमताअनुसार प्रगति गर्ने हुँदा राष्ट्रहरूको प्रगति पनि यस्तै छ । केही राष्ट्र विकसित छ केही गरिव । धनी र गरिव दूवै राष्ट्रमा गरिव र धनी दुवै थरिका मान्छे हुन्छन् । भ्रष्टाचार  धनी र गरिवको झगडामा उत्पन्न भएको आचरण होइन अतिउपभोक्तावादले जन्माएको मानसिक अवस्था हो । दोष आफ्नो बुझाई र गराईलाई दिनुपर्छ ।

(२) आधुनिक उपभोक्तावाद र देशमा उपलब्ध स्रोतसाधनबिच ठूलो ग्याप छ । राजनेतादेखि लिएर सर्वसाधारणसम्म अधिकतम सुखी, खुसी बन्न चाहन्छन् । स्रोतसाधनले अनुमति दिंदैन । विदेशीहरूले पनि आफ्नो देशको स्रोतसाधनका आँखाले नेपाली समाजलाई सुखी बनाउने उधारो दिन्छन् । फलत ‘उनीहरू तेति सुखी हुँदा हामी किन नहुने’जस्ता विचारहरू घनिभूत हुन्छन् । अनि, साम्यवादी र समाजवादी चिन्तनबाट प्रभावित भएकाहरू अर्काको स्रोतसाधन देखेर ‘क्रान्तिकारी’ बन्छन् भने स्रोतसाधन सम्पन्न समुदायहरू त्यो स्रोतसाधन प्रयोग गरेर “साम्यवादी र समाजवादी“ दूवैलाई उपयोग गर्छन् । यी दूबैको तानातानमा भ्रष्ट्राचार अझैं संस्थागत हुन्छ ।

(३) प्राचीनसमयमा बलियाहरूले युद्ध गरेर, लुटेर स्रोतसाधनहरू प्राप्त गर्थे । आजको सभ्यसमाजमा प्रत्यक्ष रूपमा लुट्ने क्रियाकलाप ‘ठगाई’मा रुपान्तरित भएको छ । जसले कानुनी प्रक्रिया पूरा गरेर ‘ठग्न’सक्छ, त्यो त्यतिनै सफल व्यक्ति ठानिन थालेको छ । कताकता नेपाली समाजमा पढालेखा हुनु भनेको भ्रष्ट्राचार गर्ने अनुमति पत्र प्राप्त गर्नुसरह बनेको छ । भ्रष्टाचारको विश्व–इतिहासमा अधिकांश भ्रष्टाचारीहरू “राम्रो“ पढेलेखेका व्यक्ति छन्, नाम चलेका तथा उच्च–ओहोदाका वा ओहोदेदार व्यक्तिहरू नै छन् । आजको सभ्य’मान्छेले लडाई नगरीकन सुविधा प्राप्त गर्ने सभ्यबाटो ‘भ्रष्टाचार’ अन्वेषण गरेको र सफलतापूर्वक प्रयोग गरिरहेको छ ।

(४) आज नेपाली समाजको सत्य के हो भने सर्वसाधारणले नेता, कर्मचारी, व्यापारीहरू इमान्दार हुन्छन् भन्ने तत्थ्यमा कत्ति पनि विश्वास गर्दैन । साथै राजनैतिक नेतृत्व, कर्मचारी र व्यापारी आँफैलाई पनि ‘भ्रष्टाचार नगरी सम्पन्न बन्न सकिन्न’ भन्ने विश्वास बलियो छ । दूवैले दूवैमा अविश्वास गर्छन् र को सदाचारी र को भ्रष्ट्राचारीको कुनै पहिचान छैन । यत्ति भन्न सकिन्छ –सदाचारी पनि छन्, भ्रष्टाचारी पनि छन् तर ती को हुन् ? भन्न सकिन्न ! यस्तो अविश्वासमा देशको उन्नति खोज्नु एउटा महत्वाकांक्षी योजना मात्र हुन्छ । तर सदाचारको अभावचाहिं छैन–सत्य यो पनि हो ।

(५) भ्रष्टाचारका विरुद्ध ‘वाद’को परित्याग र विदेशी–सहयोग अस्वीकार नगरेरसम्म सधैं भ्रष्ट्राचार मुद्दा बनिनै रहन्छ । त्यसभन्दा पनि झन् बढी भष्ट्राचार एउटा आकर्षक चुनावी नारा बन्छ जसले प्रतक्ष्य रूपमा नै भ्रष्टाचारी मानसिकतालाई मलजल गरिनै रहन्छ । वरू, नेपालको मौलिक ‘सत्याचरण’लाई महत्व दिउँ जसबाट मानसिकतहबाट नै भ्रष्ट–मानसिकताको निराकरण होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा

सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना

समृद्धिको आकाङ्क्षा पूरा गर्न लगानी सम्मेलन ऐतिहासिक कोशेढुङ्गा सावित हुनेछः उद्योगमन्त्री भण्डारी(अन्तरवार्ता)

काठमाडौँ । ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ अर्को साता (वैशाख १६ र १७ गते)