प्रतिनिधिसभाका सभामुखको पद तथा गोपनीयताको शपथ


काठमाडौं । सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा सभामुख घिमिरेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।

बिहीबार संसदमा भएको निर्वाचनमा घिमिरे १६७ सांसदको मत पाएर सभामुखमा निर्वाचित भएका थिए । विपक्षमा कांग्रेसकी ईश्वरी न्यौपानेले एकसय मत पाएकी थिइन् ।