माओवादीबाट रेखा शर्मा, अमनलाल मोदी र सुदन किराँती मन्त्री बन्ने


काठमाडौँ । नेकपा माओवादी माओवादी केन्द्रका तर्फबाट रेखा शर्मा, अमनलाल मोदी, सुदन किराँती मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रको मंगलबार बिहान बसेको पदाधिकारीहरुको अनौपचारिक बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

माओवादीले प्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात, सूचना सञ्चार तथा प्रविधि, संस्कृति पर्यटन तथा नागरिक उड्ययन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने टुंगो भएको हो । यसअघि नै भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा नारायणकाजी श्रेष्ठलाई दिइसकिएको छ ।