राजनीतिक दबाब चिरेर गृहमन्त्रीले उनलाई न्यायको कठघरामा उभ्याउन सक्लान् ?



नारायण गाउँले ।

‘मधेश आन्दोलन’का बेला आन्दोलनकारीको भौतिक आक्रमणबाट रगताम्य भएर एम्बुलेन्समा उपचारका लागि लगिँदै गरेका प्रहरी थमन बिकलाई एम्बुलेन्सबाटै थुतेर निर्मम हत्या गरिएको थियो ।

त्यो नृशंश हत्याका आरोपितमध्ये एक हुन् लक्ष्मी महतो कोइरी । उनलाई जनकपुर उच्च अदालतले थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको भए पनि शक्तिको आड़मा उनी पक्राउ पर्न सकेनन् । पक्राउ पर्नु त टाढाको कुरा, ओलीनिकट रहेकाले प्रहरी र अदालतको फरार सूचीमा रहेकै अवस्थामा उनलाई एमालेले टिकट दिएर सांसद बनाएको छ ।

अपराधी, भ्रष्ट र कानुन मिच्नेहरू लाई नछोड्ने कसम खाएका रवि लामिछाने गृहमन्त्री छन् र कानुनको नजरमा फरार अभियुक्त कोइरीले अस्ति संसदमा गृहमन्त्रीसँगै उभिएर विश्वासको मत दिए ! र पनि गृहमन्त्री मातहतको पुलिसले उनलाई देख्न र भेटाउन सकेन ।
उसो त शपथ खान पनि उनी संसदमा उपस्थित भएका रहेछन् । पार्टीको बलियो छायाँ भएपछि प्रहरीले देख्ने कुरो भएन ।

कांग्रेस-एमाले र माओवादीसँग यस्ता नेता धेरै छन् । तिनले अर्मपर्मका लागि एकअर्कालाई बचाउनु स्वाभाविक हो । अहिले उनलाई पक्राउ गर्न लामिछानेले फेरि आदेश दिएको भन्ने पढ़ियो । प्रहरीले भेटाउला त ? राजनैतिक दबाब चिरेर लामिछानेले उनलाई न्यायको कठघरामा उभ्याउन सक्लान् ? गृहमन्त्रीले गोजीमा हथकड़ी बोकेर हिँड्छ र भन्ने खालको उनको सफाइ अलि काँचो, निराशाजनक र अराजनैतिक भए पनि व्यवहार अलि पाको बन्दै जाला भन्ने कामना गरौँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सुखानी हत्याकाण्ड पञ्चायती जल्लादहरुले गरेको अत्यन्त पाशविक हत्या थियो’

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सुखानी हत्याकाण्ड अत्यन्त पाशविक र दर्दनाक भएको बताएका

वन्यजन्तु-मानव द्वन्द्वः चितवनमा ६ महिनामा दश जनाको मृत्यु

चितवन । वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ

यसरी मानसिक तनावलाई नियमन गरौँ

-डा. गोविन्दशरण उपाध्याय । मानसिक तनाव (Mental Stress) भनेको मानसिक र शारीरिक अवस्था

संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७७ सालमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको