संसदको नाममा पृथ्वीनारायणको चिठी…



डा. गोविन्दशरण उपाध्याय ।
‘उप्रान्त, मैले आर्ज्याको यो नेपालमा कम्युनिस्ट र कंग्रेस, मधेसी, हिमाली, पहाडी सबै मिलेर ‘संसदमा एकै ढिक्का भएर’ राष्ट्रिय एकतादिवस मनाएको देखेर खुसी लाग्या छ । यो एकतालाई मैले तिम्रो लागि छोडेको देशलाई लुटि खाने झुण्ड नबनाउनु । यो देश तिम्रै हो आफ्नो र अरू सबैको भलो गर्नु र देश र जनताको असल गर्नु । मेरो नाम लिंदा विदेशी र तिनका पछौटेहरूले सत्तेसराप गर्ने छन्, काइते नहुनु । मैले स्वर्गमा सधैं तिम्रो सधैं भलो चितायाको छु ।’

‘तमरुले धेरै पटक संसद बनायौं, चुनाउ लड्यौं, काजी बनायौं तर मैले उठाएका प्रश्नहरूको समाधान गर्न तिर सोचेनौं । दोश्रो संसदको पहिलो दिन पनि मैले नै उठाएका प्रश्नहरूको समाधान गर्ने छौँ भनेको सुन्दा खुसी लाग्यो तर २६० वर्ष मैले गर्न खोजेको कुरा आज पनि जस्ताको तस्तै रहेको देख्दा र सुन्दा लाजमर्दो भएको छ । मेरो समय र तमरूको समय धेरै फरक छ भन्ने हेक्का राखेर काम गर । आज ३०० वर्षपछि पनि देशमा भ्रष्ट्राचार मेटाउछौं, विदेशीको हस्तक्षेप हुन दिंदैनौं, सबै नेपालीलाई समान मान्छौं र भष्ट्राचार गर्नेलाई कार्यवाही गर्छौं भनेर बोलेको सुन्दा म खुसी छैन । त्यसबखत म ५२ वर्षमा मरें तर अहिलेका काजिहरू ७० वर्ष छुन आँटेका छन् । अव रैतीलाई नढाट्नु र रैती ओअनी ढाट्नेको कुरा नपत्याउने बन्नु । मलाई मेरा गुरू गोरखनाथ भनेको कुरा तमिहरूलाई भनेको हुँ ।’

‘तमरुले मेरो मूर्ति भत्काया पनि, मलाई गालीगलौज गर्या पनि म रिसायाको छैन । मूर्ति त मूर्ति नै हो । तिमी मैले देखायाको बाटोमा हिड्ने प्रयत्न गरेका छौँ । मलाई थुक्नेहरू प्रति पनि गुनासो छैन किनभने मेरो बखतमा पनि फिरंगीहरूका मतियारहरूले मलाई थुकेका नै थिए र तिनीहरूले त्यो धर्म निभाएका छन् तर तिमी सज्ज र सचेत रहनु । म जीवित रह्याको भए ३०१ वर्षको महाबूढो हुन्थ्याँ । रजाई गर्नेहरूले देशलाई घूस, भष्ट्राचार, जातिवाद, विदेशी भक्तिवाद तथा नश्लवादवादमा फंसाएको देखेर दुःख लाग्थ्यो । तिमीहरूले सकेसम्म मैले गरे र सोचे जति नत्र त्यो भन्दा राम्रो गर्नु र देश कमाउनु ।’

उही तिम्रो सरकारले भन्न नसकेको राष्ट्रिय एकतादिवसको नायक : पृथ्वीनारायण शाह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वराजाको प्रश्नः परायाबाट सिर्जित वाद विवादको चक्रव्युहमा हामी किन फस्यौं ?(भिडियो)

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले हामी नेपालीहरु सुनको कमण्डलु बोकेर अरुसँग भिक्षा मागिरहेको

रास्वपाका सभापति लामिछानेसहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा

गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरु राष्ट्रिय स्वतन्त्र पार्टी

८४ दिनपछि रवि लामिछाने धरौटीमा रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन्

रविसहित सातैजनासँग धरौटी माग, कोसँग कति धरौटी ?(आदेशसहित)

पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति