प्रचण्डको डोला बोक्ने नेतृत्वको बुद्धि !



जगदीश्वरनरसिंह केसी ।

नेपाली कांग्रेसले संसदमा जिम्मेवार प्रतिपक्षको प्रभावकारी र लोकप्रिय भूमिका निर्वाह गर्नुपर्छ भन्ने सारा कांग्रेसजनसहित कार्यकर्ताको आवाजमाथि कुठाराघात गर्दै, आखिर कांग्रेस नेतृत्वले वाम नेतृत्ववाला गठबन्धनलाई विश्वासको मत दिने निर्णय गरेर प्रचण्डको डोला बोक्ने चरित्र देखाएका छन् । यसअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलाई प्रधानमन्त्री बनाएर उनको डोला बोक्ने डोले–तत्परतालाई एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले तुहाईदिएपछि नेतृत्वको यो पछिल्लो कांग्रेसघाती निर्णय देखियो ।

नेपाली कांग्रेस लोकतन्त्र र संसदीय व्यवस्थाको लागि आजीवन समर्पित रहँदै आएको पार्टी हो । संसदमा मोलाहिजाबाट मुक्त, सशक्त र निर्भिक जिम्मेवार प्रतिपक्षको उपस्थिति संसदीय लोकतन्त्रको अनिवार्य आधार हो । तर कांग्रेस नेतृत्वको ओहोदामा बिराजमान व्यक्तिले नै मूख्य प्रतिपक्षको अस्तित्वलाई मटियामेट गरेर सत्तासमक्ष लम्पसार पर्नु भनेको कांग्रेसले बरण गरेका मूल्य, मान्यता, सिद्धान्त, नीति र आदर्शलाई सत्ताको भोकमा मटियामेट गराउने धुन्धुकारी चरित्र हो । संसदबाट खुँखार तानाशाहको जन्म गराउने सुँडेनी खेल हो ।
आज प्रचण्ड नेतृत्वको गैर–कांग्रेस गठबन्धन सरकारलाई नाकमा नत्थी लगाए जस्तो गरी समर्थन गर्नु नै थियो भने निर्वाचनपछि दुई वर्षको लागि उनलाई प्रधानमन्त्री बन्नबाट रोक्न नेतृत्वले टाङ् अडाउनु पर्ने के बाध्यता थियो ? आज प्रचण्डलाई विश्वासको मत दिनुलाई बुद्धिमत्ता मान्ने हो भने हिजो त्यो ‘बुद्धि’ कता हराएको थियो ? गठबन्धनका उम्मेद्वारलाई मत नदिने कांग्रेस नेता तथा कार्यकर्तालाई कारवाहीको डण्डा चलाउने ने नेतृत्वको खेलवाडले निष्ठाको जनमुखी–राजनीति गरिरहेका कार्यकर्ताको प्रतिष्ठा र हुर्मत हरेर कारवाही चलाउने हर्कतको क्षतिपूर्ति कसरी हुन्छ ?

ईतिहास लेख्ने हातलाई कसैले रोक्न सक्दैन । वर्तमान र भावी पुस्तामाथि कुठाराघात गर्ने यस्ता कांग्रेसघाती खेललाई इतिहासले कदापि सम्मानजनक अध्याय दिने छैन । कांग्रेस नेतृत्वलाई सद्बुद्धि पलाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सुखानी हत्याकाण्ड पञ्चायती जल्लादहरुले गरेको अत्यन्त पाशविक हत्या थियो’

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सुखानी हत्याकाण्ड अत्यन्त पाशविक र दर्दनाक भएको बताएका

वन्यजन्तु-मानव द्वन्द्वः चितवनमा ६ महिनामा दश जनाको मृत्यु

चितवन । वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ

यसरी मानसिक तनावलाई नियमन गरौँ

-डा. गोविन्दशरण उपाध्याय । मानसिक तनाव (Mental Stress) भनेको मानसिक र शारीरिक अवस्था

संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७७ सालमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको