तीन सयवर्षपछिको संसद !



डा. गोविन्दशरण उपाध्याय ।

हिजो दोश्रोकार्यकाल आरम्भ गरेको नेपाली संसदले राजा पृथ्वीनारायणले तीन सय वर्ष अगाडी राखेको लक्ष्य पूरा गर्ने बाचा लिएझैं लाग्थ्यो–भष्ट्राचार हुन दिंदैनौ, अन्तराष्ट्रीयस्तरमा सम्मान जनक स्थान प्राप्त गर्न क्रियाशील हुने छौँ, व्यक्तिगत रूपमा देशभक्त नागरिक बन्ने छौँ–आदि ! आज गोर्खामा जन्मेका नेपालका राजा पृथ्वीनारायणको आज सम्झना गरिंदै छ । कसैले उहाँको राजनैतिक लाभका लागि, कसैले तत्थ्यगत प्रमाणलाई स्थापित गर्नका लागि, कसैले राजनैतिक हैसियत स्थापित गर्नका लागि तथा केहीले उहाँको आलोचना गरेर आफ्नो उत्थानका लागि सम्झिरहेका छन् । सबै पृथ्वीनारायण शाहको नामबाट “लाभ“ प्राप्त गर्ने प्रयत्नशील छन् किनभने आधुनिक नेपालको जग उहाँले बसाल्नु भएको थियो ।

यो तीनसय वर्षमा नेपालमात्र होइन विश्व धेरै वदलिएको छ । ‘वीरभोग्या वसुन्धरा’ भन्ने पुरानो उखान अर्थहीन बन्न पुगेको छ । अंग्रेजहरूले तत्कालीन अवस्थामा आफ्नो सत्ता जोगाउन तयार पारिएका अनेकौं दस्ताबेजहरू अमान्य भएका छन् । मान्छे समूहभन्दा व्यक्तिगत लाभहानीको हिसाव गर्ने मेसिनमा रुपान्तरित हुँदैछ । पुरानो इतिहासको आदर्श र वर्तमानको आवश्यकता बिच अभूतपूर्व द्वन्द चर्किएको छ । तर एस्तो द्वन्दमा पनि राजा पृथ्वीनारायण शाहका भनाईका केही अंशहरू जस्ताको तस्तै सान्दर्भिक छन् । वर्तमानको नेपाली नेतृत्व ३०० वर्ष पहिलाको ‘घूस दिन्या र लिन्या देशका शत्रु हुन्, यिनको सर्वश्व हरण गर्नु’ भन्ने अवस्थाबाट वाहिर निस्कन सकेको छैन ।

आजको प्रधानमन्त्रीमा पृथ्वीनारायण शाह निर्वाचित भएको भए के गर्थे होला ? अनुमान लगाउन सजिलो छैन । हिजो दोश्रो कार्यकाल आरम्भ गरेको संसदमा पार्टीका नेताहरूले जुनकुरा तीन सय वर्ष अगाडी श्रीशाहले बोलेका थिए, तीनै कुराहरू फरकशैलीमा दोहोर्याएका मात्र छन् । तीन सयवर्षपछिको संसारमा पनि पृथ्वीनारायण शाहको बलियो हस्तक्षेप देखिएको छ । अर्को शब्दमा, आजको संसद पनि राजा पृथ्वीनारायण शाहको बुझाई कार्यन्वयन गर्न सङ्घर्षरत छ तर सकिरहेको छैन ।

साँचो तत्थ्य के हो भने राजा पृथ्वीनारायण शाहको नाममा छुट्टीदिएर, अनेकौं कार्यक्रमका माध्यमबाट उहाँलाई सम्झिएर उहाँको प्रतिबद्धताप्रति नेपालीको श्रद्धा बढ्ला तर उहाँको जपेर देशको उन्नति हुँदैन । पृथ्वीनारायण शाहलाई जसरी सम्झे पनि देशले तवमात्र काँचुली फेर्न सक्छ जव वर्तमान नेतृत्वले “शून्य–सहनशीलता“लाई नारामा होइन व्यबहारमा कार्यान्वयन गर्नेछ । गुरू गोरखनाथका शिष्य नेपालका राजा पृथ्वीनारायण शाह एउटा शक्तिशाली पात्र हो जसले नेपालको पहिचान स्थापित गरेको थियो, जहाँ हामी सबै नेपाली हुने गौरवशाली अवसर प्राप्त गरेका छौँ ।

हार्दिक शुभकामना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सुखानी हत्याकाण्ड पञ्चायती जल्लादहरुले गरेको अत्यन्त पाशविक हत्या थियो’

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सुखानी हत्याकाण्ड अत्यन्त पाशविक र दर्दनाक भएको बताएका

वन्यजन्तु-मानव द्वन्द्वः चितवनमा ६ महिनामा दश जनाको मृत्यु

चितवन । वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ

यसरी मानसिक तनावलाई नियमन गरौँ

-डा. गोविन्दशरण उपाध्याय । मानसिक तनाव (Mental Stress) भनेको मानसिक र शारीरिक अवस्था

संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७७ सालमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरेको