धेरै खेलाडीहरु रिङभन्दा बाहिर बसेर हेर्न बाध्य भएका छन्ः केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर र स्थायी रुपमा चल्ने बताएका छन् ।

सोमबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकार स्थिरताको लागि बनाइएको बताएका हुन् । उनले यो सरकार स्थायी सरकार भएकाले प्रभावकारी रुपमा चल्ने बताए ।

उनले सरकार ढलाउने खेल नहुने भन्दै सरकार ढल्छ कि भनेर नसोच्न सबैलाई आग्रह गरे । आफूहरु सरकार बनाउने र गिराउने खेलमा नलाग्ने उनले स्पष्ट पारे ।

अध्यक्ष ओलीले कर्मचारीहरुलाई वर्तमान सरकार स्थायी र स्थिर सरकार हो भन्ने ठानेर काम गर्न आग्रह पनि गरे । उनले सरकारलाई नेकपा एमालेले सम्पूर्ण रुपमा साथ, सहयोग र समर्थन दिने स्पष्ट पारे ।

उनले भने, ‘म साथीहरुलाई के भन्न चाहन्छु भने यो सरकार यसभित्र कुनै खेल हुन्छ कि ? कसैले फेरि यो सरकार ढाल्छ की ? यस्तो, उस्तो नसोच्नु होला । धेरै धेरै खेलाडीहरु दर्शक भएका छन् । र धेरै बाइसाइडर्स भएका छन् यसमा । रिङभन्दा बाहिर बसेर हेर्न बाध्य भएका छन् । यो यत्तिकै बनेको छैन र यो सरकार बनाइएको स्थिरताको लागि हो ।’

अध्यक्ष ओलीले सरकारलाई विश्वासको मत दिनका लागि संसदमा भएका सबै राजनीतिक दलहरुलाई आग्रह गरे । उनले सरकार निर्माणमा छिटोछिटो राजनीतिक खेल भएको भनिएको भन्दै आफूहरुले छिटोछिटो नभइ सुविचारित ढंगले सरकार निर्माण गरेको बताए ।

उनले वर्तमान सरकार निर्माणका लागि पुस ४ गते पछिदेखि नै छलफल शुरुवात भएको भन्दै धेरै छलफलपछि मात्रै यो सरकार बनाइएको प्रष्ट पारे । अध्यक्ष ओलीले सरकारप्रति कुनै आशंकाको दृष्टि नराख्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे । उनले सरकारले समस्यारहित छिमेक सम्बन्ध र वैदेशिक नीति सञ्चालन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
न्याय परिषदमा तानिए आलमलाई सफाइ दिने न्यायाधीश थारु र महर्जन

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने दुई न्यायाधीश न्याय

युद्धग्रस्त मुलुकमा रहेका नेपालीको सुरक्षाका लागि सरकार के गर्दैछ ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०८२/८३

उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्ने निर्णय

राज्य व्यवस्था समितिका सभापतिको प्रश्नः निजामती विधेयक यहाँ आएर किन रोकियो ?

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयक