‘अदालतमा मुद्दा झेलिरहेको व्यक्ति नै गृहमन्त्री बनाउनेले सुशासनका कुरा गर्नु आफैंमा व्यंग्य हो’


काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले राजनीतिक नैतिकता गुमेको अवस्थामा कानूनको सम्मान हुने कुरा टाढाको विषय भएको बताएका छन् । शनिबार सामाजिक संजालमार्फत रावलले अदालतमा मुद्दा झेलिरहेको व्यक्ति नै गृहमन्त्री बन्ने, बनाउनेले सुशासनका कुरा गर्नु आफैंमा व्यंग्य भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘विदेशी नागरिकता लिएर मुग्लान पसेको र सँगै कानून विपरीत नेपालको नागरिकता पनि कायमै राखेको भन्ने विषयमा अदालतमा मुद्दा झेलिरहेको व्यक्ति नै गृहमन्त्री बन्ने, बनाउनेले सुशासनका कुरा गर्नु आफैंमा व्यंग्य हो । राजनीतिक नैतिकता गुमेको अवस्थामा कानूनको सम्मान हुने कुरा टाढाको विषय हुन्छ।’