कांग्रेसले अघि लाग्छौ कि भनेर कसैलाई भन्दैछैन र भन्दैनः महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् ।

कांग्रेसले राप्रपालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको खबर सार्वजनिक भएपछि शुक्रबार साँझ सामाजिक संजालमार्फत महामन्त्री शर्माले तत्काल आफूहरु घरायसी व्यवस्थापनमै केन्द्रित रहेको बताएका हुन् । उनले कांग्रेस गणितीय तथ्य र मनोवैज्ञानिक वातावरण भन्दा बाहिर गएर आलोकाँचो कर्ममा सरिक नहुने बताएका छन् ।

उनले भनेका छन्, ‘राजनैतिक यथार्थ, गणितीय तथ्य र मनोबैज्ञानिक वातावरण भन्दा बाहिर गएर आलोकाँचो कर्ममा सरिक हुने कुनै सोचमा काँग्रेस अहिले छैन । राजनीतिमा विकसित नयाँ कम्पोजिसको निश्चित परीक्षण बेगर नयाँ पोजिसन लिन हतार गर्नु उचित छैन । तत्काल हामी घरायसी व्यवस्थापनमै केन्द्रित रहनेछौं । प्रधानमन्त्रीमा कसैलाई प्रस्ताव ? नजाने गाउँको बाटो काँग्रेस तत्काल सोध्दैन । अघि लाग्छौ कि भनेर कसैलाई भन्दैछैन र भन्दैन । नयाँ परिस्थितिमा नयाँ ढंगले अघि बढ्न गहन आन्तरिक विमर्शको चरणमा प्रवेश गर्दैछ काँग्रेस । यसबाहेकका हल्लाहरु केवल फुर्सदका कफी गफ मात्रै हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संचार मन्त्रालयले भन्यो-सरकारका कारण इन्टरनेट सेवा अवरुद्ध भएको होइन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही

सरकारले निर्माण व्यवसायीको झण्डै ५० अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको

राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको बजेट अधिवेशन आव्हान गरेका छन् । सरकारको

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने

नेपालगञ्ज । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको