‘२०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं’



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना नगरे ठूलो दीर्घकालीन क्षति हुनसक्ने चेतावनी दिएका छन् ।

बिहीबार राति सामाजिक संजालमार्फत भट्टराईले सरकारको अंक गणितका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था धरापमा पर्नसक्ने चेतावनी दिएका हुन् । उनले २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम बिर्सन नहुने बताएका छन् ।

उनले भनेका छन्, ‘गठबन्धन गर्दा एउटा लक्ष्मणरेखा पालना गरिएन भने ठूलो दीर्घकालीन क्षति हुनसक्छ ! सरकारको अंक गणितनिम्ति संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी शक्तिसँग घाँटी जोड्दा संविधान र व्यवस्था नै धरापमा पर्न सक्छ। २०५१ सालपछि कांग्रेस र कम्युनिष्टले पालैपालो राप्रपा बोक्दाको दुष्परिणाम नबिर्सौं !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र इरान युद्धविरामका लागि सहमत

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविराम कार्यान्वयनमा आएको बताएका

स्वर्णिम वाग्लेको प्रश्नः बैरागी स्वयं शंकको घेरामा हुनुहुन्छ, शंकाको घेरामा रहेको व्यक्तिले कसको छानबिन गर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणबारे सरकारले

भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुने गृहमन्त्रीको दाबी

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय अध्ययन एवं छानबिन समिति

‘टेक एन्ड पे’ का विषयमा एमाले र कांग्रेसबीच समझदारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजानीतिक दलको बैठकले