वाग्मती प्रदेशमा मुख्यमन्त्रीका लागि पुस २५ भित्र दाबी पेस गर्न आह्वान



वाग्मती । वाग्मती प्रदेश प्रमुखले प्रदेशमा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्यमन्त्रीका लागि पुस २५ गते अपरान्ह ४ बजे भित्र दाबी पेस गर्न आह्वान गरेका हुन् ।

वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्नका लागि नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरिएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई वाग्मती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिए ।

वाग्मती प्रदेशमा ११० सांसदहरु छन् । नेपाली कांग्रेसको ३७ जना, एमालेका २७ जना, माओवादी केन्द्रका २१ जना, राप्रपाका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेमकिपाका तीन जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो

किन गयो नाम्खामा हिमपहिरो ?

काठमाडौँ । हुम्लाको नाम्खा हिमपहिरासम्बन्धी अध्ययन गर्न गठित समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

विश्व बैंकले नेपालमा रोजगारी सृजना, जलवायु अनुकूलन र विपद जोखिम न्यूनीकरणका क्षेत्रमा लगानी बढाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख

यातायात कार्यालय चितवनमा अख्तियारको छापा, १ लाख ८५ हजार नगदसहित एक कर्मचारी र बिचौलिया पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चितवनमा छापामारी दुई जनालाई