एकीकृत समाजवादीको पोलिटब्यूरो अनिर्णित, सरकारमा जानेबारे निर्णय गर्ने जिम्मा सचिवालयलाई



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारले जाने/नजानेबारे निर्णय लिने जिम्मा पार्टीको सचिवालयलाई दिएको छ । मंगलबार सम्पन्न पार्टी पोलिटव्यूरो बैठकले सरकारमा जाने नजाने निर्णय गर्ने जिम्मा सचिवालयलाई दिने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा अधिकांश नेताहरुले सरकारले देश र जनताको हितमा ल्याउने कार्यक्रमलाई हेरेर मात्रै सरकारमा जानेबारे आवश्यक निर्णय लिन पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।

त्यसैगरी बैठकले वामपन्थी पार्टीहरुबीचको एकता र सहकार्यका लागि आवश्यक गृहकार्य गर्ने अनुमति पनि पार्टी केन्द्रिय सचिवालयलाई नै प्रदान गरेको छ ।

पार्टी भित्र संगठन सुदृढीकरण र सुद्धिकरण अभियान संचालन गर्ने, पार्टीको सदस्यता विस्तार गर्ने, पार्टीलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने अभियानलाई पनि अघि बढाउने काममा अघि बढने निर्णय पनि पोलिटव्यूरो बैठकले गरेको प्रवक्ता खतिवडाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टीले समाजवादी क्रान्तिका लागि बलियो सैद्धान्तिक आधार तयार गरेको छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो

किन गयो नाम्खामा हिमपहिरो ?

काठमाडौँ । हुम्लाको नाम्खा हिमपहिरासम्बन्धी अध्ययन गर्न गठित समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

विश्व बैंकले नेपालमा रोजगारी सृजना, जलवायु अनुकूलन र विपद जोखिम न्यूनीकरणका क्षेत्रमा लगानी बढाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख

यातायात कार्यालय चितवनमा अख्तियारको छापा, १ लाख ८५ हजार नगदसहित एक कर्मचारी र बिचौलिया पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चितवनमा छापामारी दुई जनालाई