सिडिओहरुलाई गृहमन्त्रीको निर्देशनः न्याय गर्दा लिपिवद्ध कानून मात्र नभएर विवेकको पनि प्रयोग गर्नुस्



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रका प्रमुखहरुलाई चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

सोमबार बिहान भएको भर्चुअल बैठकका क्रममा गृहमन्त्री लामिछानेले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिएका छन् । त्यस्तै गृहमन्त्रीले मन्त्रालयमा राय माग्नुपूर्व सम्बन्धित विषयमा विद्यमान कानूनी तथा कार्यविधिगत व्यवस्था एवं अभ्यासका बारेमा पर्याप्त अध्ययन गरी समस्याको समाधान गर्नसमेत आग्रह गरेका छन् ।

गृहमन्त्रीले जुनसुकै माध्यमबाट दर्ता हुन आएका उजुरीको छानविनमा जोड दिनुपर्ने बताएका छन् । गृहमन्त्रीले भनेका छन्, ‘जुनसुकै माध्यमबाट दर्ता हुन आएका उजुरीहरूको छानबिनमा जोड दिनुहोस्। निर्णयमा ऐन, नियम, कानून, कार्यविधि एवं विवेकको समेत प्रयोग गर्नुहोस्। तपाइँ न्याय गर्ने ठाउँमा हुनुहुन्छ। न्याय गर्दा लिपिवद्ध कानून मात्र नभएर विवेकको प्रयोग गर्नुपर्ने अवस्थामा विवेक प्रयोग गर्नुहोस्। यान्त्रिक हिसाबले गरिने निर्णयले सेवाग्राहीले न्याय नपाउन सक्छ। विवेकले निर्णय गर्नुपर्ने अवस्थामा निर्णयमा त्यसको पुष्ट्याइँ पनि लेख्नुहोस्।’

त्यस्तै गृहमन्त्रीले शीतलहर लगायतकका प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिएका छन् ।

उनले राजश्व चुहावट नियन्त्रणका लागि निर्मम हुनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘कुनै पनि तस्कर, विचौलिया वा अवैध निकासी पैठारीकर्ताले कुनै खाले संरक्षण पाउने छैन भन्ने कुरामा विश्वस्त हुनुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

सरकारका विरुद्धमा गलत भाष्य निर्माण गर्न खोजियो : मन्त्री अधिकारी

नवलपरासी ।  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकारका विरुद्धमा गलत भाष्य

स्थिर सरकार बने मात्र राजनीतिक स्थायित्व हासिल गर्न सकिन्छ : महासचिव पोखरेल

गलकोट । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्थिर सरकार बने मात्रै राजनीतिक स्थायित्व

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।