काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्दैछ ।
एकीकृत समाजवादी पार्टी अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न आइतबार स्थायी कमिटी बैठक बसेको भए पनि कुनै निर्णय नभएको र यही विषयलाई पोलिटब्युरो बैठकमा लैजान लागिएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
अन्य दलहरूसँगको सहकार्य तथा सरकारमा सहभागी हुने नहुने बारे पोलिटब्युरो बैठकमा छलफल गरिने उनले बताए । उनले सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि पोलिटब्युरो बैठकले नै टुङ्गो लगाउने प्रवक्ता खतिवडाले बताए ।

प्रतिक्रिया