नीति अधिवेशन गर्न कोइरालाको माग



विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गरेका छन् । विपी विचार राष्ट्रिय समाज प्रदेश एक समितिद्वारा आइतबार विराटनगरमा आयोजित ‘बदलिएको राजनीति, चुनौतीहरू र राष्ट्रिय तथा मेलमिलापको आवश्यकता’ विषयक गोष्ठीमा कोइरालाले नेतृत्वलाई महामन्त्रीहरूले नीति अधिवेशन गर्न वक्तव्यमार्फत माग गर्ने होइन गराउनेतर्फ पहल सुरु गर्नुपर्ने बताए ।

कोइरालाले नेपाली जनता प्रजातन्त्र विना बाँच्न नसक्ने हुनाले कांग्रेसले यसको संरक्षण र जोगाउने कार्यमा सदैव तयार रहनुपर्नेमा जोड दिए । उनले भोलिको नेपाल बनाउने युवापुस्ता भएकाले उनीहरूलाई राष्ट्र, राष्ट्रियता र समाजवादका साथै विपी, गणेशमानलगायतका नेताबारे जानकारी गराउन विद्यालयस्तरमा अन्तरक्रिया गर्न आग्रह गरे ।

कांग्रेसका अर्का केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य अमृत अर्यालले पार्टीभित्र रहेको मनमुटाव हटाई एक ढिक्का भएर आगाडि बढ्नु आजको आवश्यकता भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटा होइन, सबै राजनीतिक दलमाथि नैतिकताको प्रश्न

-ऋषि कट्टेल । भिजिट भिसा प्रकरणले संसदवादीले निकै नाटक मञ्चन गरेको देखियो ।

प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफल हुने

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका-३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठघर नष्ट

कुन प्रदेशको बजेट कस्तो ?

काठमाडौ । प्रदेश सरकारहरुले आइतबार आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याएका छन् ।