ओली भन्छन् -राजनीतिमा धेरै ‘फाउल’ खेल्नु हुँदैन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले खेल क्षेत्रलाई प्राथमिताका दिनुपर्ने बताएका छन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको १४औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा उनले खेल क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

“सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्छ, खेल क्षेत्रलाई सरकारले विशेष रुपमा हेर्नुपर्छ, अहिले खेलकुदमन्त्री हुनुहुन्न, म खेलकुदमन्त्री बनेपछि यस विषयमा कुरा गर्नेछु ।” अध्यक्ष ओलीले भने ।

राजनीतिक वा अन्य काम गर्दा समाज कुनै पनि गल्ती गर्न नहुनेमा जोड दिँदै उनले भने, “हामीलाई ‘फाउल’ नखेल्ने सफल समाज चाहिएको हो, राजनीतिमा पनि धेरै फाउल खेल्यो भने ‘रेडकार्ड’ नै मिल्छ ।” उनले खेलले अनुशासन सिकाउने उल्लेख गर्दै अनुशासनले मानिसलाई सफल बन्न मद्दत गर्ने बताए ।

“खेलकुद, खेलशिक्षाको क्षेत्रमा अभ्यास, खेल र व्यायाम सबै कुरालाई सँगसँगै मिलाएर लैजानुपर्छ, मदन भण्डारी स्पोर्टस एकेडेमीको धेरै राम्रो गरेर जानेछ”, अध्यक्ष ओलीले भने, “त्यसले आफ्नो स्वास्थ्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म राम्रो मित्रता कामय गर्न सकिन्छ ।”

कूटनीतिमा पनि खेल क्षेत्र राम्रो माध्यम बन्न सक्ने उल्लेख गर्दै उनले भने, “घनिष्ट मित्रता नभएको देशमा पनि खेलका माध्यमबाट मित्रता जोड्न सकिन्छ, खेल र अनुशासन एकअर्काको अभिन्न अङ्ग हो ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमला पुल निर्माणको जिम्मेवारी पाएको लुम्बिनी बिल्डर्ससँँगको ठेक्का तोड्ने तयारी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले धनुषा र सिरहा जोड्ने कमला

न्याय परिषदमा तानिए आलमलाई सफाइ दिने न्यायाधीश थारु र महर्जन

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने दुई न्यायाधीश न्याय

युद्धग्रस्त मुलुकमा रहेका नेपालीको सुरक्षाका लागि सरकार के गर्दैछ ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०८२/८३

उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज नगर्न माग

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले उखु किसानलाई दिइँदै आइएको अनुदान खारेज गर्ने निर्णय