काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको सांसद पदको योग्यताबारे पुस २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । अधिवक्ता रविराज बसौलालगायले दायर गरेको रिटमा सुनुवाई गर्दै संवैधानिक इजलासले पुस २२ गते सुनुवाई गर्ने भएको हो ।
नाागरिकता विवादमा लामिछानेलाई सांसदको शपथ लिन रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । पुस २२ मा लामिछाने सांसद हुन योग्य कि अयोग्य भन्ने विषयमा दुवै पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् ।
त्यसपछि अदालतले आदेश दिनेछ। अधिवक्ता रविराज बसौला लगायतले सर्वाेच्च्मा रिट दायर गरेका थिए । अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेको भन्दै उनको सभापति पदसमेत खारेज गर्न माग गरिएको छ ।

प्रतिक्रिया